Kathmandu Tokyo New York London Hong Kong Dubai
एक महिने आन्दोलन कार्यक्रम                साउन ३० गते राजधानी नाकावन्दी                Feb 20, New York: Federation of Indigenous Peoples of Nepal in America (FIPNA), central committee organized a welcome and interaction program in Sunny Side, New York to welcome the newly appointed Ambassador / Permanent Representative of Nepal to the United Nations Mr. Gyan Chandra Acharya.               आदिबासी जनजातिहरु आफ्नै भूमिमा अधिकार र अस्तित्व बिहीन,               आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपालमा आदिबासी जनजाति आन्दोलन र संघियताबारे अन्तर्कृया कार्यक्रम सम्पन्न                फेडालिजमको बिरोधी फटाहालिजमहरु               जापानको सुन्द नगरी टोयोटा शिमा भब्यताका साथमा प्रिती भोज सम्पन्न                तमाङ मैत्री समाज जापानको एघारौ वार्षिक साधारण भेला                थर्क राना मगरको अधक्ष्यतामा जनजाती माहासंघ बेलायतको गठन                सूर्य तामाङ महासंघको कार्यबाहक अध्यक्षमा                
   आदिबासी जनजाती होमपेजहरु
  युके मगर संघ
  नेवा: अन्तरराष्ट्रिय फोरुम जापान
  Sherpa association UK
  शेर्पा किदुग अमेरिक USA
  Tamang Dot Com
  हङकङ तमुं-गुरुङ्ग समाज
  आदिबाशी पत्रकार समाज
  जनजाती समाचार
  किरांत राई होमपेज
  नौलो नेपाल
  नेपाल शेर्पा संघ काठमाडौं
  राष्ट्रिय आदिबाशी पर्तिस्ठान नेपाल
  चुम्लुङ्ग् अमेरिका (Under construction)
  तमु छोंज धिं
  तमु सोसाईटी अमेरिका
  स्यार् ल्हो तमु प्य-ल्हु संघ
  तमु प्य-ल्हु संघ
  तमु धिं कास्की
  नव बुद्ध गुरुङ् सेवा समिती
  तमु युवा संघ
  लङ्घली एस्सोसियसन् अमेरिका
  आदिबाशी समाज अमेरिका ((Global Federation of Indigenous poeoples of Nepal, USA).
  हिमाली स्वयत्त प्रदेश
  तिगेला
  तमु समाज
  चुम्लुङ्ग युएस‌ए
  लिम्बू लाइब्रेरी
  Tamang Samaj UAE
  Kirat Yakthung chumlung UK
  Janajati org web from USA
  सन्जोग् लाफा होम् पेज्
  शेर्पा वंशवलि सङग सम्बन्धित् पेज
  नेपाल मगर संघ
  Mongol National Organization
  Kirat Yakthung Limbu Samaj
  किराँत
  किराँत डट कम
  चुम्लुङ्ग
  Sahitya Ghar
  शेर्पा संघ जापान
  More Links...
   अनलाईन पत्रिका
  मेरो संसार नेपाली ब्लग
  फ्री नेपाल डट कम समाचार
  hknepal.com
  कान्तिपुर दैनिक समाचार
  कृष्णसेन अन्लाईन समाचार
  महानगर दैनिक समाचार
  नेपाल जापान डट कम समाचार
  प्रबासिनेपाल डट कम
  www.weeklynepal.com
  Annapurna Post Dailly
  जनदेस् साप्ताहिक समाचार
  खोजतालस् अन्लाईन समाचार
  नेपाल समाचार पत्र दैनिक
  कामना मासिक पत्रीका
  नेपाली जनप्रगतिशिल मञ्च, बेल्जियम
  रेडियो सगरमाथा नेपाली सेवा FM
  समुद्र पारी डट कम समाचार
  प्रबासिनेपाल डट कम
  Qatar online news
  Chitwan dot com
  Dc Nepal from USA
  देउराली टिभी UK
  बुधवार साप्ताहिक
  देशान्तर साप्ताहिक समाचार
  जनाआस्था साप्ताहिक समाचार
  दृस्टी साप्ताहिक समाचार
  चाइनिज नेपाली सेवा CRI
  साईबर दमक (झापा)
  weekly Nepal news
  Mongol National Organization
 
  More Links...
   अनलाईन रेडियो
  बि बि सि नेपाली सेवा समाचार
  Radio Nepal Live
  Image FM 97.9
  Pokhara FM
  Tinau Fm Butwal
  HBC FM 94
  रेडियो सगरमाथा नेपाली सेवा FM
  Namaste Radio
  British Gorkha Radio UK
  Hamro radio modern Pop song
  नेपाली गीतहरुको सँगालो
  Hits FM 91.2
  Nepal FM 91.8
  More Links...
   नेपाली टेलिभिजन
  Nepal one TV live
  world news Live
  Nepali Online Flim
  Music Vedeo Nepali songs
  नेपाली हांस्य गीतहरुको संगालो भिडिओ
  ABC news live
  BBC 24hrs news TV
  CNN live TV
  ESPN sport news channel
  More Links...
   उपयोगी लिंकस्
  Nepal Rastra Bank
  Date converter BS /AD
  सजिलोसँग नेपालीमा टाएप गर्नुहोस्
  रकम रुपान्त्रण Currency convert
  World Clock
  World Flags
  Yello page of Nepal
  E-pal Hi5
  Translate different languages
  विश्वका राजदुतावासहरु Embassies
  More Links...
   बुद्ध धर्म् सँग सम्बन्धित पेज
  बुद्ध अर्घौ सदन् पोखरा
  गुरु रिन्पोछे को बिबिध तस्वीरहरु
  कर्मपा रुम्तेक सिक्किम
  More Links...
   आदिबासि चलचित्र हरु
  Flim Nepal
  More Links...
About Us

Nepali Indigenous Peoples' Association Japan

      Toyota city Aichi Ken Japan

        adibasinepal@gmail.com  

 

g]kfnsf cflbjf;L hghfltx?

१. किसान

नेपालका अल्पसंख्यक जातिहरूको सूचीमा पर्ने मध्येमा किसान जाति पनि एक ् हो । यिनीहरू झापा जिल्लाको धुल्ााबारी र धाइजन गाविसमा बसोबास गर्दछन् । यिनीहरूको मुलथलो भारतको उडिसा र बिहार प्रान्त भएको र त्यहीबाटै उब्जाउ जमिनको खोजीमा यिनीहरू नेपाल पसेको बताउछन् । आज पनि नेपालका किसान र भारतका उराव" जातिको रहनसहनमा समानता पाइन्छ । त्यही"बाट उब्जाउ जमीनको खोजीमा नेपाल पसेको बताउने किसानहरू स्वयं नै भूमिहीन छन् । सानो संख्याका किसानहरूस"गमात्र जमिन छ बा"की सबै भूमिहीन नै छन् । २०४८ को जनगणना अनुसार लगभग २,५०० संख्या रहेको थियो भने २०५८ को जनगणनाअनुसार २,८७६ रहेको भएको बुझिएको छ । त्यसैले यो जाति लोपोन्मुख जातिमै पर्दछ । यो जाति शिक्षामा अत्यन्तै पछि परेको जाति हो । यिनीहरू भूमिहिन भएका कारण जीविकोपार्जनका लागि अरुको जमिनमा अधि"या, बटैयामा जमिन जोत्ने र अरुको मजदुरी गर्ने गर्दछन् । यिनीहरूले बोल्ने भाषा द्रविड हो । यिनीहरूको आफ्नै लिपि छ जसलाई उरा"व भनिन्छ ।

२. कुमाल

कुमाले शब्दको उत्पत्ति कुम्भकार, कुम्हार, कुमाल हु"दै बनेको पाइन्छ । कुमाल जातिहरू जिल्लैपिच्छे फरक फरक छन् । कुनै ठाउमा पहाडी कुमाल छन् । कुनै ठाउ"मा नेवार कुमाल छन् त कुनै ठाउ"मा थारु कुमाल छन् । काठमाडौं उपत्यकाको भक्तपुर जिल्लाको ठिमी भेकका कुमालहरू आफुलाई नेवार कुमाल भन्दछन् । पाल्पा, नवलपरासी, प्युठान, चितवन र धादिङको सल्यानटार जिल्ल्ााका केही गाउ"का कुमालहरूले आफुलाई पहाडी कुमाल भन्दछन भने दाङ, देउखरीका केही गाउ"मा बसोबास गर्ने कुमालहरूले आफुलाई थारु कुमालका रूपमा परिचय दिन्छन् ।

 

२०५८ सालको जनगणनामा उनिूहरूको संख्या ९९२८९ रहेको बताईएको छ । माथिका तीन थरिकै कुमालहरूले आप्fm्नो माटाका भा"डा बनाउने परम्परागत पेसालाई त्याग्न सकेका छैनन् । दाङ देउखुरीका कुमालहरूको मातृभाषा र थारुहरूको भाषामा अलिअलि मात्र भिन्नता छ । पहाडी कुमालहरू नेपाली बोल्दछन् र नेवार कुमालहरू नेवारी भाषा वोल्दछन् । चार्डपर्वहरूमा थारु कुमालहरूले अष्टमी, माघी, दसैं अत्वारी, गरिया र धुरेरी -होली) लाई बडो धुमधामस"ग मनाउ"छन् । पहाडे कुमालहरू बाहुन क्षेत्रीहरूको चार्डपर्वका प्रभावमा रहेका हुनाले दसैंतिहार, माघे संक्रान्ति, शिवरात्रि, तिज जस्ता सबै चार्डपर्वहरू मनाउंछन् । त्यसैगरी नेवार कुमालहरू नेवारहरूकै संस्कार र चार्डपर्व मनाउने गर्छन् ।

३. कुशबाडिया

कुशबाडिया जनजातिलाई 'खुभाडिया' पत्थरकट, शिल्पकट, कुचबढिया, कुशबदिया पनि भनिन्छ । यिनीहरूले आफुलाई रूपन्देही जिल्लाको भैरहवातिरबाट बर्साई सरी आएको बताउ"छन् । बर्दियाको गुलरिया, नेपालगन्जको फुलटेक्रा, रांझा, इन्द्रपुरमा यिनीहरूको बसोबास छ । यिनीहरूको मुखाकूति हर्ेदा यिनीहरू मंगोल हुन् जस्तो लाग्दछ । तर मंगोल भने होइनन् बरु थारु समुदायसंग यिनीहरूको धेरै कुराहरू मिल्दोजुल्दो छ । यिनीहरू अन्धविश्वास बढी गर्छन् । धामी, झा"क्री , गुरुवाई, तान्त्रिक विधिबाटै सबै रोग निको पार्ने प्रयास गर्छन । कुशबाडिया जातिको बोल्ने भाषा द्रविड हो । यिनीहरू र थारु जातिमा खासै भिन्नता देखिदैन । यिनीहरू कृषि पेसा गर्छन,ढुंगामा बुट्टा कु"द्ने काम गर्दछन् लोहोरो, सिलौटो बनाउ"छन्,कुचो बनाउछन्,डोरी बाट्छन् त्यसबाहेक पशुपालन पनि गर्छन् । शिक्षा क्षेत्रमा कुशबाडिया जाती अत्यन्तै पिछडिएको जाति हो । यिनीहरूमा उच्च शिक्षा प्राप्त गरेका व्याक्ति पाईदैनन् भने बालबालीकालाई पढाउनु पर्दछ भन्ने चेतनासमेत जागिसकेको छैन । २०५८को जनगणनामा यिनीहरूको जनसंख्या ५५२ रहेको बताइएको छ ।

४. कुसुन्डा

यो जाति अझैसम्म पनि घुमन्ते अवस्थामै छ । वनजंगलमै बस्ने, जंगलमै घुम्ने, कन्दमूल र सिकार गरेर गुजारा गर्ने, यो जातिको पहिचान हो । हातमा धनु र का"धमा तीर, कम्मरमा जाबी, जाबीमा भा"डाकुडा, कुटो बोकेर एक ठाउ"बाट अर्को ठाउ" गरिरहने, कहिले सिकार गरेर फालाफाल मासु बनाउने त कहिले कैयौं दिनसम्म पनि पेटभरी खानै नपाउने जाति हो यो । गुल्मी, गोरखा, तनहु", प्यूठान, कास्की, सल्यान, दाङ, दैलेख, सर्ुर्खेत, अर्घर्ाा"ची यिनीहरूको मुल थलो मानिन्छ ।

२०५८ सालको राष्ट्रिय जनगणनामा यिनीहरूको संख्या सबैभन्दा कम अर्थात ११६ बताइएको छ । यस हिसाबले लोपोन्मुख स्थितीमा रहेको देखिन्छ । यिनीहरूको आफ्नै भाषा छ । तर त्यो भाषा कुन भाषिक परिवारको हो भन्ने यकिन हुन सकेको छैन । कुसुन्डाहरू धामिझा"क्रीमा विश्वास गर्दछन् र वनदेउताको पुजा गर्छन् । यसरी उनीहरू प्रकृति पूजारी देखिन्छन् । पूजाआजामा गोहोराको मासु नभए छालासम्म पनि हुनै पर्दछ । वनराजा कुसुन्डाहरू यतिबेला बिस्तारै बिस्तारै रैथाने भई बसोबास गर्न थालिसकेका छन् । प्यूठानको तिराम, अर्घर्ाा"ची को बल्कोट, दाङको हलुवार खात्रे, अम्वापुर, कपिलवस्तुको कुस्मामा कुसुन्डाहरूले घरजम गरेर बसिसकेका छन् ।

५. गनगाई

गनगाई जातिको मूलथलो पर्ूर्वी नेपालको मोरङ हो । यिनीहरू कतै गणेश त कतै मण्डलका नामले चिनिन्छन । यिनीहरूको थेप्चो नाक, सम्म परेको अनुहार, घुम्रेको कपाल र गहु"गोरो वर्ण्र्ाा कारण यिनीहरूलाई मानवशास्त्रीहरूले लेप्चा जनजातिस"ग तुलना गरेको पनि पाइन्छ । गनगाईहरू एउटै भाषा बोल्दैनन् । मोरङतिरका गनगाईहरूले बोल्ने भाषा मैथिली हो भने झापातिरका गनगाईहरूले राजवंशी भाषा बोल्दछन् । यिनीहरू हिन्दू धर्मावलम्बी हुन् । गनगाईहरूको मुख्य पेसा पशुपालन र कृषिमजदुर हो । गनगाई जातिभित्र साक्षरता प्रतिशत अत्यन्तै न्यून पनि छैन भने उत्साहवर्द्धक पनि छैन ।

६. गुरुङ

गुरुङहरूको मुलथलो अन्नपर्ूण्ा र मनास्लु पर्वतको दक्षिणी भूभाग हो । खासगरी पश्चिमी नेपालको गण्डकी प्रदेश उनीहरूको बाहुल्य रहेको क्षेत्र हो । गुरुङलाई तमु पनि भनिन्छ । यी तमूहरू आज पनि त्यस्तै प्रशस्त पाइन्छन् । गुरुङहरूलाई कहिलेदेखि तमु भन्न थालियो भन्ने बारेमा अध्ययन हुन बा"की नै छ । विभिन्न अड्कलमात्र पाइन्छन् । गुरुङ, मगर र थकालीहरूको अनुहार एउटै हुने हु"दा छुट्याउन कठिन पर्दछ । २०५८ सालको जनगणनामा ५,४३,५७१ पुगेको देखिन्छ । यिनीहरूको भाषा तिब्बतबर्मेली हो तापनि राष्ट्रभाष नेपालीलाई नै मातृ भाषाका रूपमा स्वीकार गरिसकेका छन् । मूलथलोमै बसिराखेका 'तमु' हरूले भने तिब्बतीबर्मेली भाषा नै बोल्छन् । हालका दिनमा सैन्य सेवालाई पेसा बनाए तापनि कृषि र पशुपालन नै यिनीहरूको मुख्य पेसा हो ।

तमुहरूको परम्परादेखि नै मान्दै आएको संस्कृति सिल्दोनाल्दो अर्थात् सिमेभुमे -मातृपितृ) लाई आङ्खनो रक्षकका रूपमा अझै पनि मानी आएका छन् र आङ्खनै परिपरिका डा"डाका"डा, नदीनाला आदि प्राकितिक स्रोतलाई रक्षकको रूपमा मान्दै मासु र रगत चढाएर पूजा गर्ने गर्छन् तर मन्दिरमा गएर पशुबलि भने दिदैनन् । देवतालाई बलि दिएको पशुको कलेजो हेरेर तमुहरूको शकुन अपशकुन छुट्याउने गर्दछन् । यो तमु संस्कृतिको अत्यन्तै चाखलाग्दो परम्परा हो ।

७. चिम्तन

चिम्तन जनजाति मूलतः मुस्ताङ जिल्लाको टुक्चे गाविसस्थित वडा नं. ८ र ९ अर्न्तर्गत चिमाङ भन्ने गाउ"मा बस्ने बासिन्दा हुन् । यिनीहरूको मंगोल नस्लक हुन् । यिनीहरू स्वयं आफूलाई वास्तविक रूपमा थकाली जनजाति भएको दाबी गर्छन र थाक सात सयका थकाली अर्थात् चारचन -भट्टचन, गौचन, तुलाचन, शेरचन) को संज्ञा दिन्छन् । यिनीहरूको मूलथलो ठिनी हो । यिनीहरूलाई पा"च गाउ"ले थकाली पनि भनिन्छ । पा"च गाउ" मुस्ताङ जिल्लाको कागबेनी र टुकुचेको विचमा पर्दछ । चिम्तनहरू उनीहको मूलथलो चिमाङमा जम्मा ६५ घर छन् । यिनीहरूको जनसंख्या १५१ छ । यी सबैको कुल जनसंख्या ४०० लगभग रहेको छ । यिनीहरू भोट बर्मेली समूहको भाषा बोल्छन् । चिम्तनहरू मुख्य रूपले 'तोरन ल्ह' र 'फाल्ह' जस्ता चाड मनाउछन् । चिम्तनहरूको मुख्य पेसा कृषि र पशुपालन हो । यो जाति शिक्षाको क्षेत्रमा निकै पछाडि छ । उच्च शिक्षामा बि.ए. भन्दा माथि पढेका व्यक्ति पाइदैनन् ।

८. चेपाङ -प्रजा)

चेपाङहरू को हुन् कहा"बाट आएका हुन् । मूलथलो कहा" हो भन्ने अनुसन्धानकै विषय बनेको छ । जेजति अनुसन्धानहरू भएका छन् ती कसैमा पनि एकरूपता पाइदैन तर जनश्रुतिहरू भने पाइन्छन् । चेपाङहरूको मुख्य बसोबास भएका जिल्लाहरूमा मकवानपुर, धादिङ, गोरखा र चितवन हुन् । मकवानपुरको का"कडा गाविस ८ को घिराङस्थित ओडारमा अझै पनि चेपाङ -प्रजा) जातिको बसोबास छ । लमजुङ, बारा र पर्सर्ाा पनि थारै संख्या चेपाङहरू छन् । यी जिल्लाहरूमा पनि यिनीहरू पहाडका अत्यन्तै अप्ठ्यारा र भिराला पाखामा बस्दछन् भने यो जातिको जनसंख्या ५२,२३७ रहेको देखिन्छ । जहा" खेतीपातीको सहारामा भन्दा जंगलमा तरुल, गिठा, भ्याकुर सिस्नोको साग, टा"कीको साग, च्याउ जस्ता कन्दमूलमात्र पाइन्छन् र तिनैको सहारामा बा"च्न विवश छन् । चेपाङहरू एकापसमा बोल्नुपर्दा आङ्खनै चेपाङ भाषा नै बोल्दछन तर अन्य भाषिक समुदायका मानिसहरूस"ग बोल्नुपर्दा नेपाली भाषाको प्रयोग गर्दछन् ।

पहिरनमा चेपाङजतिका बुढीहरूले भोटो कछाड र मजेत्रो लगाउ"छन् भने बुढाहरूले छोटो भोटो, कछाड र लङोटी लगाउ"छन् । चेपाङहरूले हिन्दूहरूले मान्नेकेही चार्डपर्वहरू मनाउने हु"दा यिनीहरू हिन्दू धर्मावलम्बी झै पनि लाग्दछन् तर, यिनीहरू पर्ूण्ा रूपमा हिन्दू नै हुन् भनी ठोकुवा गर्न सकिदैन । चेपाङहरूले मनाउने चार्डपर्वहरूमा दसैं, तिहार, दीपावली, साउने संक्रान्ति, न्वागी प्रमुख हुन् ।

९. छन्त्याल

छन्त्याल जातिको मूलथलो धौलागिरी अञ्चलको बाग्लुङ र म्याग्दी जिल्ला हो । अहिले पनि उनीहरूको बसोबास त्यही नै छ । त्यसबाहेक काठमाडौं, पोखरा र भैरहवामा पनि छन्त्यालहरूको बसोबास भएको पाइन्छ । यतातिर बस्ने छन्त्यालहरू पनि मूलथलोबाटै बर्साई सरी आएका हुन् । २०५८ को जनगणनाअनुसार यिनीहरूको जनसंख्या ९,८१४ रहेको छ । छन्त्याल जातिका पुरुषहरूले कोट, इष्टकोट, दोचा, फेटा उनीको लापकोटजस्ता पोसाक लगाउ"छन् भने महिलाहरूको गुन्यू, चोलो छिटको फरिया, लु"गी, भाग्रा आदि लगाउ"छन् । छन्त्याल जातिको बोल्ने भाषा खाम भाषा हो । उनीहरू एकआपसनमा कुराकानी गर्नुपर्दा खाम भाषाकै कुराकानी गर्दछन् । तर सर्म्पर्क भाषाका रूपमा नेपाली भाषाको प्रयोग गर्दछन् । छन्त्यालहरूले मान्ने धर्म हिन्दू धर्म हो । छन्त्यालहरूले मनाउने चार्डपर्वहरूमा दसैं, तिहार, तीज, कृष्णाष्टमी, माघे संक्रान्ति मुख्य छन्।' छन्त्यालहरूले निंगालाका मुन्द्रा, डोका बुन्ने, भांग्रा र दोचा बुन्ने ल्यू बुन्नेजस्ता सिपहरू जानेका हुन्छन् र भेंडा पालनलाई प्रमुख पेसा बनाएका छन् ।

१० छैरोतन

छैरोचन जातिको मूलथलो मुस्ताङ जिल्लाको छैरो गाउ" हो । यो मुस्ताङको पा"चगाउ"भित्र पर्दछ । यिनीहरू अहिले त्यहा"बाट बर्साई सर्राई गर्दै छन् । यिनीहरूको मुखाकृति, भाषा र पहिरन हर्ेदा मार्फाली र थकाली जातिसंग मिल्दो छ । यिनीहरूको प्रमुख पेसा कृषि र पशुपालन हो । यिनीहरूको बोल्ने भाषा तिब्बत बर्मेली भाषा हो । भाषाका रूपमा भने नेपाली पनि बोल्न थालिसकेका छन् । यिनीहरूको बुद्धधर्मावलम्बी हुन् । आङ्खना संस्कारवादी कर्महरू बुर्द्धधर्मकै मूल्य र मान्यतामा आधारित भएर सम्पन्न गर्दछन् । यिनीहरूले मनाउने प्रमुख संस्कारहरूमा जन्म, छेवर, विवाह र मृत्यु हुन् । यिनीहरू लासलाई जलाउने र गाड्ने दुवै गर्दछन् ।

११. जिरेल

जिरेल किरा"तजस्तै शारीरिक बनावट भएको, थेप्चो नाक, साना आ"खा, दाह्रीजु"गा नभएका र चेप्टो अनुहार भएका जाति हो । यिनीहरूको उत्पत्ति कहा", कहिले र कसरी भयो भन्ने कुरो खोजकै विषय भएको छ । कसैले यिनीहरूलाई सुनुवार बाबु र सर्ेर्पिनीआमाका ठिमाहा सन्तान पनि भनेका छन् । तर यस भनाइलाई कसैले नितान्त भ्रामक र विनाअनुसन्धान लेखिएको भनी प्रतिवाद समेत गरेका छन् । जिरेलहरूको मूल बसोबास थलो दोलखा जिल्लाको जिरी र सिक्री खोला हो । त्यहींबाटै यिनीहरू पछि दोलखाको चेत्य क्षेत्रपा, जुगु, दार्खा, भ्यांकु, यवो, मार्ङखर्क र सिन्धुपाल्चोकको बाह्रविसे र भुवनथलीतर्फलागेका हुन् । यिनीहरूको मुख्य पेसा कृषि र पशुपालन हो । २०५८ सालको जनगणनामा यिनीहरूको संख्या ५,३१६ पुगेको देखिन्छ । यो जाति शिक्षाको क्षेत्रमा निकै पछाडि परेको जाति हो । तर पनि जिरेल जातिबाटै २ जना केटाकेटीहरू डाक्टर भइसकेका छन् । जिरेल लोग्ने मानिसहरूले दौरासुरुवाल, पटुका, टोपी, इष्टकोट, लगाई कम्मरमा दाप सहितको खुकुरी भिर्छन भने आइमाईहरू चोलो र अति छोटो फरिया लगाउ"छन् । कम्मरमा पटुका बा"ध्छन् । जिरेलहरू बौद्ध र हिन्दू धर्म मान्छन् । जिरेलहरूले दसैं तिहार मान्दछन, वर्षा एक पटक कुलदेवताको पूजा पनि गर्छन । कुलदेवताकोको पूजा गर्दा ब्रा हृ मण पुरोहित राख्दैनन । 'बोसो' पुरोहित बोलाउ"छन् । कुलदेवताको पूजा वैशाख र मंसिर पूणिर्मामा गर्दछन् । जिरेलहरू सर्ेपाहरूको प्रभावमा परेका हु"दा उनीहरूको 'बोपो' वा लामा पुरोहित मान्दछन् ।

१२. झा"गड

यो जाति सम्भवतः नेपालमा विद्यमान द्रविडमूलका एकाध जातिमध्येको एक हो । यो अल्पसंख्यक जातिमा पर्दछ । यस जातिको मूलथलो हजारौं वर्षेखि नेपालको पर्ूर्वी तर्राई हो । यिनीहरू पर्सर्ाार्सलाही, सुनसरी, मोरङ जिल्लातिर जताततै स सानो संख्यामा छरिएर रहेका छन् । यिनीहरूको ठूलो बस्ती भएको ठाउ" जनकपुरको नौ सय विघा हो । त्यहा" ६०/७० परिवार झा"गडहरूको बसोबास छ । यिनीहरू प्रकृतिपूजक हुन् । जनजातिभित्रै पनि यिनीहरू छुवाछुत मानिन्छन् । झा"गडहरूको जनसंख्या २०५८ सालको जनगणनाअनुसार ४१,७६४ रहेको छ । यिनीहरूले बोल्ने भाषालाई कुरुखमुन्दरी भन्निछ । झा"गडहरूको भाषालाई अधिकांश विद्वानहरूले द्रविण मूलको भएको कुरा स्वीकार गरेका छन् । यिनीहरूको पेसा कुषि र मजदुरी हो । त्यसबाहेक चोयाको टोकरी, भकारी, मान्द्रो, थुन्से आदि बनाएर बिक्री गरी अतिरिक्त आयआर्यजन गर्ने गर्दछन् । यो जातिले मनाउने चार्डपर्वहरूमा मुख्य रूपले फागुनमा दर्ुगा पूजा, भदौ पूणिर्मामा कर्मधर्म भन्ने पूजा, असोजमा च्या चामल चढाएर कालीपूजा, फागुपूणिर्मा -होली) असौजमा दसैं, प्रत्येक बाह्र वर्षा दर्ुगाको बलिपूजा आदि हुन् ।

१३. ठिन्तन

ठिन्तन मूलतः ठिनीमा बसोबास गर्ने बासिन्दालाई भनिएको हो । यिनीहरू पनि आफूलाई थकाली जनजातिका रूपमा चिनाउन गौरव गर्छन् । माइकल भिन्डीले यो जातिलाई तीन भागमा विभक्त गरेका छन् । चिमाङ गाउ"का चिम्तन, स्याङ गाउ"का स्याङतन र ठीनी गाउ"का ठिन्तन । यिनीहरूको मूलथलो मुस्ताङ जिल्लाको जोमसोम गाविसको ठिनी गाउ" हो । ठिनीमा बसोबास गरेकाले यिनीहरू ठिन्तम भनिएका हुन् । ठिनी गाउ"मा यिनीहरूको ९७ घर रहेका छन् र उनीहरूको जनसंख्या ५९९ मात्र छ । जसमध्ये पुरुष २८९ र महिला ३१० छन् । आजभोलि यिनीहरू जोमसोम, पोखरा, बुटवल, काठमाण्डौतिर पनि बसोबास गरी बसेका छन् । सबै ठाउ"को जनसंख्याको गणना गर्दा अन्दाजी १ हजार रहेको अनुमान छ । त्यसैले यो जति अल्पसंख्यक जातिको सूचीमा पर्दछ । यिनीहरू परम्परागत घरबुना कपडा लगाउ"छन् । लोग्ने मानिसले बख्खु, दोजा, तिब्बतियन ढा"चाको ओभरकोट, पाइकन र महिलाहरूको न्होकोन, फुटुन, टाङचर, जामा पटुका अािद लगाउ"छन् । यिनीहरूको महिलाले मुगा, सुनको बनेको कण्डी, टप, सुनका बाला, घा"टीमा सुनका सिक्री, औठी चुरा आदि लगाउ"छन् । यिनीहरूले बोल्ने भाषा, भोटबर्मेली भाषा परिवारको हो । यिनीहरूमा आपसमा मातृभाषामै बोलचाल गर्छन् । तर सर्म्पर्क भाषा नेपाली हो । ठिन्तनहरूका चार्डपर्वहरूमा मुख्य रूपमा 'तोरेन ल्ह' फाल्ह, आदि हुन् । ठिन्तनहरूको मुख्य पेसा कृषि नै हो । कृषिबाट उनीहरूलाई पा"च महिना मात्र खान पुग्छ बा"की ठेक्का, व्यापार, र नोकरी गरी गुजारा गर्दछ् । ठिन्तनहरू शिक्षा क्षेत्रमा धेरै पछि रहेका छन् ।

१४. डोल्पोर्

वर्तमान नेपालको कर्ण्ााली अञ्चलको डोल्पा जिल्लाका बासिन्दालाई डोल्पो भनिन्छ । त्यही डोल्पोबाटै जिल्लाको नाम डोल्पा राखिएको हो । डोल्पोजातिलाई काइके पनि भनिन्छ । ताराली बोलीमा काई भनेको अप्सरा र के भनेको 'भाषा' हो । अप्सराले बोलाएको र सिकाएको बोली हु"दा यो भाषा काइके भनिएको हो । यिनीहरू डोल्पाका बासिन्दा भएको हुनाले डोल्पो भनिएका हुन् । डोल्पोहरू त्यहीकै आदिवासी हुन् । डोल्पामा बोलिने भाषामा नेपाली, तिब्बती र काइके -ताराली) तिन भाषा हुन् । तिमध्ये डोल्पोहरूले बोल्ने भाषा काइके हो । डोल्पोहरू बुद्ध धर्म मान्दछन् र गुम्बामा गएर पूजा गर्दछन् । यिनीहरूका प्रत्येक गाउ"मा गुम्बा हुन्छन् । यिनीहरूको पेसा कृषि, पशुपालन र व्यापार हो । यिनीहरूमा जस्तोसुकै रोगमा पनि झारफुक गराउने चलन छ । यिनीहरूले लगाउने पोसाकमा पाखी, छालाका बख्खु, पाखीकै सुरुवाल, उनीको पटुका, घा"टीमा विभिन्न प्रकारका यू", मुगा वा सी का माला लगाउने, लामो कपाल पालेर बाट्ने गर्दछन् । लोग्ने मासिन र स्वास्नी मानिसका पोसाक प्राय ः एकैएकै खालका हुन्छ । यिनीहरूमा एउटा रमाइलो चलन के छ भने हरेक वर्षो पौष १५ देखि माघ १५ गतेसम्म १ महिना व्यस्क तर अविवाहित केटीहरू पाखा बस्ने चलन छ । यो पाखा बस्दा गाउ"का सबै तरुनी केटीहरू एकत्रित भएर १ महिनास"गै बस्छन, घर जादैनन् ।

१५. ताङवे

यो जातिको मूलथलो मुस्ताङ जिल्लाको छुक्साङ गाविस को ताङवे गाउ" हो । ताङवे गाउ"कै वासिन्दाका नाताले यिनीहरू ताङवे भनिएका हुन् । तिब्बती भाषामा 'ताङ' को अर्थ लखेटिएका र 'वे' को अर्थ जाति हुन्छ । त्यस हिसाबले यो जाति तिब्बततिरबाट लखेटिएको जाति रहेछ भन्ने बुझिन्छ । यिनीहरू गाउ"मा हुल्याहा काम गर्ने उपद्रो मच्चाउने गर्थे अरे त्यसैले गाउ"बाट लखेटिएका हुन् भनेर भनिन्छ । ताङवेहरू आजभोलि ठकुरी गुरुङ थकाली लेख्न रुचाउ"छन् । ताङवे गाउ"मा यिनीहरूको जनसंख्या ३७ धुरी, पोखरामा ४० जोमसोममा १० र काठमाडौंमा १ गरी १०८ घरधुरी गरी अधिराज्यभरि झन्डै ४०० को हाराहारी छ । यिनीहरूको आङ्खनै पहिरन हुन्छ । पुरुषहरूले 'घ्ये' भन्ने घु"डासम्मको जुत्ता लगाउ"छन् । टाउकामा टोपी लगाउ"छन् जसलाई उनीहरू पुलुक भन्दछन र बख्खु र स्विटर लगाउ"छन् । त्यसैगरी महिलाहरूले जामा लगाउ"छन् । जसलाई उनीहरू सेकेन भन्दछन् । त्यसबाहेक बख्खु चोलो लगाउ"छन् र कम्मरमा पटुका बा"ध्छन् । यिनीहरूले सुन र मुगाका गरगहना बढी प्रयोग गर्दछन् । ताङवेहरूले मनाउने मुख्य-मुख्य चार्डपर्वहरूमा ल्होसार, पुसे औसीको भोलिपल्ट मनाउने चाड जसलाई नया" वर्षपनि भनिन्छ । यार्तोङग, मुक्तिनाथ क्षेत्रमा मनाइने सबैभन्दा ठूलो जात्रा घोडेजात्रा हो, जो जनैपूणिर्माको दिनमा मनाइन्छ । घाच्याङ वैशाख पूणिर्माका दिनमा मनाइन्छ र यो चाडमा तिर हान्ने गरिन्छ । यिनीहरूको आफ्नै भाषा छ त्यसलाई ताङवे भाषा नै भनिन्छ । ताङवे भाषा भोट बर्मेली परिवारभित्रको भाषा हो । यिनीहरू एकापसमा यही भाषामात्र बोल्दछन् भने सर्म्पर्क भाषाका रूपमा नेपाली पनि बोल्दछन् तर बुढाबुढीहरू भने तङवे बाहेक अन्य भाषा बोल्न र बुझ्न सक्दैनन् ।

यो जाति संयुक्त परिवार प्रथामा आधारीत जाति हो । यिनीहरूमा जेठो छोराले घरपरिवार चलाउने, माहिलो छोराले लामा बन्नुपर्ने र माहिली छोरी झुमा बन्नु पर्ने चलन छ । जेठो छोराले विवाह गरेकी श्रीमतीलाई बा"की सबै भाईकी पनि श्रीमती हुनुपर्ने बहुपती प्रथा पनि यो जातीमा अझैसम्म छ"दै छ । ताङवेहरूको मुख्य पेसा कृषि र पशुपालन हो तर कृषि आयबाट २/३ महिनाभन्दा खान नपुग्ने हु"दा व्यापार व्यवसाय गरेर गुजारा चलाउ"छन् । यो जाति शिक्षाको क्षेत्रमा धेरै पछाडि परेको जाति हो । यो जातिमा जन्म, विवाह र मृत्यु गरी मुख्यरूपमा तीनवटा संस्कार प्रचलनमा छन् ।

१६. ताजपुरिया

ताजपुरिया जाति अल्पसंख्यक जनजातिभित्र पर्दछ । यिनीहरूको मूलथलो पर्ूवाञ्चलको मोरङ र झापा जिल्ला हो । त्यहीबाटै यिनीहरू अधिराज्यका अन्य जिल्लामा बर्साई सरी आएका हुन । यिनीहरू र राजवंशीहरू हर्ेदा उस्तै उस्तै देखिन्छन् । पहिरनमा पनि समानता छ । भाषा र संस्कृतिमा पनि समानता छ तर यी दर्ुइ जातिका बिच बिहावारी भन्ने चल्दैन । यिनीहरूको आफ्नै धर्म छ । यिनीहरूका प्रत्येक धार्मिक संस्कार र कर्मकाण्डहरूमा जा"डरक्सीको प्रयोग अनीवार्य छ । यिनीहरूक हिन्दूधर्मावलम्वी हुन् । दसैं, तीज, शिवरात्रि जस्ता चार्डपर्बहरू यिनीहरूले पनि मनाउ"छन् । यिनीहरूको जनसंख्या अत्यन्तै थोरै छ । त्यसैले यिनीहरूपनि अल्पसंख्यक जनजातिभित्र पर्दछन् । यिनीहरूको मुख्य पेसा कृषि हो । कृषिमा मुख्य धान, मकै, कोदो, फापर, गहु", जौको खेति गर्दछन् । ताजपुरिया जातिमा महिलाले नाक छेड्ने चलन छैन । यिनीहरूमा मानिस मर्दा दाह संस्कार नै गर्दछन् । कसै कसैले गाड्ने पनि गर्दछन् ।

१७. तामाङ

१८. तोप्केगोला

तोप्केगोलाहरूलाई स्थानीय भाषामा ध्योक्पया भनिन्छ । यो लिम्बु जाति नै हो, तर लिम्बुहरू भित्रैको भएर पनि पर्ूर्वी नेपालको ताप्लेजुङ जिल्लाको तोप्केगोला भन्ने ठाउ"मा बसोबास गरेका कारण यिनीहरू स्थानविशेषनै नामबाट पुकारिन थालेका हुन् । तोप्केगोला ३०/४० परिवारमात्र भएको एउटा सुन्दर गाउ"को नाम हो । यो गाउ" पश्चिमी वाग्लुङको उत्तरमा पर्ने मेवा नदीको किनारमा अवस्थिति छ । यस जातिको मुख्य व्यवसाय व्यापार हो र यिनीहरू पशुपालन पनि गर्दछन् भने नगण्य मात्रामा खेती पनि गर्छन् ।

१९. थकाली

थकालीहरूको मूलथलो मुस्ताङ जिल्लाको थाकखोला हो । थाकखोलामा बसोबास भएकै कारण यिनीहरूको थकाली नामकरण भएको हो । यिनीहरूले पछि व्यापारिक सफलता हासिल गर्दै गएर अन्य समुदायभन्दा आर्थिक दुष्टिले सम्पन्न भएपछि आफूलाई थकाली नै भनेको राम्रो सुन्न थाले र अस्वीकार गर्ने प्रयत्न गर्न छाडे । नत्रभने यिनीहरू तामाङ नै हुन् । यिनीहरूको आङ्खनै भाषा छ जसलाई टिवेटोबर्मन परिवारको भाषा भनिन्छ । यिनीहरूले बोल्ने भाषा तामाङ र गुरुङस"ग भिल्दोजुल्दो छ । थकाली जातिमा मुख्यतया गौचन -छ्यौकी) तुलाचन -साल्की) शेरचन -धिम्चेन) र भट्टचन -भर्ुर्की) गरी चारथरहरू छन् । त्यसैले छोटकरीमा यिनीहरूलाई चारचन पनि भन्ने गरिन्छ । २०५८ सालको जनगणनामा यिनीहरूको जनसंख्या १२,९७३ रहेको छ । थकालीहरूको मुख्य व्यवसाय व्यापार र ठेक्कापट्टा नै हो । सानोतिनो खेतीपानी गरे तापनि व्यापारलाई नै मुख्य व्यवासय बनाई त्यसैबाट सफलता हासिल गर्दै आएका छन् । थकालीहरूको मुख्य पेसा व्यापार व्यवसाय भए पनि कृषिकार्य पनि त्यागेका छैनन् । थकालीहरू सगोत्रमा विवाह गर्दैनन । शेरचन, भट्टचन तुलाचन र गौचन यी ४ चनभित्र बिबाहवारी गर्दैनन् । ममाचेलाचेली र फुपुचेलाचेलीका बिच विवाह गर्दछन् । यिनीहरूमा अपहरण विवाह -जसलाई थकाली भाषामा 'केटी छोत्ने' भनिन्छ) प्रचलनमा छ । थकालीहरू धार्मिक दृष्टिकोणले बौर्द्धधर्म र बोनधर्मका अनुयायी हुन् । यिनीहरू बौद्ध धर्मअनुसार गुम्बामा गई बौद्ध धर्मको पूजा गर्ने र पर्वहरू पनि मनाउने चलन छ । ल्हाफेवा यिनीहरूको प्रमुख चार्डवर्प हो, जो बाह्र वर्षा एक पटक मनाइन्छ । यसमा कुलपूजा, कुमार केटाहरूको जात्रा र पितृपूजा गर्ने चलन छ ।

२०. थामी

थामी जाति नेपालको अल्पसंख्यक र पछौटे जातिमध्येको एक जाति हो । यिनीहरूको उत्पत्तिका सम्बन्धमा किटानका साथ भन्न सकिदैन तापनि किम्बदन्तीअनुसार के भनिन्छ भने यिनीहरू परापर्ूव कालमा ठिमीका बासिन्दा थिए । ठिमीबाटै एक भाई पर्ूवतिर गए र र्राईलिम्बुका पर्ुखा भए । पछि उनीहरू पुनः फर्केर आई पर्वत गएमा जग्गा जमिन पाइन्छ जाऊ" भनेर अरु दाजुहरूलाई पनि पर्वत लैजाने प्रयास गर्दा ती दाजुभाईले तिमी जाऊ हामी यही" थामिन्छौ भन्ने जवाफ दिएका हु"दा तिनीहरूको नाम नै थामी भएको हो । थामी जातिको एक प्रमुख बसोबासस्थल भनेको पर्ूर्वी नेपालको दोलखा, रामेछाप र सिन्धुली जिल्लाहरू हुन् । यिनीहरू त्यहा" अन्य समुदायका मानिसहरूभन्दा अत्यन्तै थोरै संख्यामा छन् । यिनीहरूलाई प्रारम्भिक अध्ययनका क्रममा धेरैजसो विद्वानहरूले सनुवारहरूको समूहमा राखेका थिए तापनि विस्तृत अध्ययनपश्चात् सुनुवारबाट हर्ेदा धिमाल, याखा र्राई र लिम्बुको समूहमा राखेका छन् ।

थामी जातिले बोल्ने भाषा, किरा"ती जातिका याखा र्राई र लिम्बुहरूस"ग मिल्दोजुल्दो भएका कारण किरा"त भाषा हो कि भन्ने अनुमान पनि गरेका छन् । थामी जातिका मुख्य पेसा मजदुरी, भारी बोक्ने, काठ चिर्ने र जंगल फ"डानी हो । जंगल फ"गानीमा यिनीहरू अग्रपंक्तिमा छन् । २०५८ को जनगणनाअनुसार यिनीहरूको जनसंख्या २२९९९ रहेको छ ।

२१. थारु

थारुहरू नेपालको पर्ूव मेचीदेखि पश्चिममा महाकालीसम्म खासगरी तर्राईको चुरे तथा महाभारत पर्वतको विचको भूखण्डमा बसोबास गर्दछन् । यिनीहरूको मूल थलोका सम्बन्धमा विद्वानहरूमा एकमत छैन । कसैले यिनीहरूलाई सिन्ध प्रदेशको थर भन्ने ठाउ"बाट नेपाल आएका हुन भनेका छन् भने कसैले मुसलमानी आक्रमणबाट बच्न चितौडा -भारत) बाट पहाडी भूभागतर्फआएको जाति हो भनेका छन् । कसैले नेपालको शाक्य वंशका उत्तराधिकारी नै आजको थारु समाज हो भनेका छन् भने कसैले शाक्य वंशसंगको आपसी सम्बन्ध टुट्दै गएपछि यस वंशबाट सम्बन्ध हटेर अलग्गै नामधारी समाजमा परिणत भएको समाज नै आजको थारु समाज हो भनेका छन् । त्यसै गरी कसैले भारतको थार मरुभूमिबाट यिनीहरू नेपाल आएको हु"दा थारु कहलिएका हुन भनेका छन् । कसैकसैले थारु जातिहरू आदिमकालदेखि नै यहींका बासिन्दा हुन् भनेका छन् ।

२०५८ सालको जनगणनामा यिनीहरूको संख्या १५३३८७९ देखाइएको छ । जुन कुल जनसंख्याको ६.७५ प्रतिशत हुन आउछ । थारुहरूका केही जातिले हिन्दू धर्म मान्ने र ब्रा हृ मण पुरोहितद्वारा धार्मिक कार्य सम्पन्न गराउने गरे तापनि प्रायःजसो सबै थारुहरूले आङ्खना धार्मिक कृत्य भान्जाबाटै गराउ"छन् । थारुहरू गर्मी ठाउ"मा बस्ने हु"दा ज्यादाजस्तो आधा शरीर ढाकिने कपडा लगाउ"छन् । कपडामा कम्मर मुनि लङौटी या कटु, कम्मरमाथि भोटो, टाउकामा टोपी पाउमा काठका खराउ या खाली खुट्टा हि"ड्छन् । लङौटीचाहिं मंगोल जातिले लगाउने खालको भन्दा अति भिन्दै हुन्छ ।

स्वास्नी मानिसका चाहिं २ थरीका वस्त्र लगाउ"छन् । एकथरी कम्मरमुनि घु"डासम्मको गुन्यू लगाउ"छन् जसका मुजा अघिल्तिर हुन्छन् र कम्मरमाथि आधा बाउले चोली लगाउ"छन् जसले पछाडि तुना बान्ने हुन्छ र पछाडिको विचमा चिरिएको हुन्छ । अविवाहितहरूले पछिल्तिर तुना बान्ने चोली लगाउ"छन् भने विवाहितले अघिल्तिर तुना बान्ने चोली लगाउ"छन् । यस्तो पहिरनलाई डङौरा थारु पहिरन भनिन्छ । महिलाहरूले लगाउने अर्को थरीको पहिरन हो लहंगा र चोलिया । लहंगा कम्मरदेखि कर्कुचासम्मको हुन्छ । यसका मुजाजति सबै पछिल्तिर हुन्छ । यो तीन रंगको हुन्छ । कम्मरमा कालो, बिचमा बुट्टे र पुछारको रातो हुन्छ । यस्तो पहिरन दाङ देउखुरीका थारु महिलामा पाइन्छ । यिनीहरूमा विवाह सानै उमेरमा गरिदिने प्रचलन छ । त्यसमा पनि अनमेल विवाह त्यत्तिकै हुन्छ । ८/१० वर्षो बालक केटाका लागि १७/१८ वर्षी वयस्क केटी खोजेर विवाह गरिदिने चलन छ । यसको मुख्य कारण काम गर्न सक्ने व्यक्तिको खोजी नै हो ।

२२. थुदाम

यो जातिको मूलथलो संखुवासभा जिल्लाको चेप्वा गाविसमा पर्ने थुदाम गाउ" र तेह्रथुमको देउराली हो । यो हिमाली जनजाति हो । यहा"बाट सगरमाथा कंचनजंघा लगायत दर्जनौ हिमशिखरहरू नजिकैबाट देख्न सकिन्छ । थुदाम भन्ने गाउ"मा बसोबास भएकै कारण यिनीहरूलाई थुदामबा भन्ने गरिएको छ । यिनीहरूको मूलथलोका विषयमा प्रश्न गर्दा आफूहरू तिब्बततिरबाट बर्साई सरी थुदाममा आएको बताउ"छन् । थुदाममा सरदर तापक्रम शूल्य ड्रि्री सेल्सियस रहन्छ । यिनीहरूले आफूलाई थुदाम भोटे भनेर चिनाउने गर्दछन् । केही थुनामहरू आजभोलि थुदामबाट संखुवासभाकै गुफापोखरीमा पनि बर्साई सरेका छन् । गुफा पोखरी पनि अन्यन्तै जाडो ठा"उ हो । यिनीहरूले लगाउने पहिरनमा स्त्री, पुरुष दुवैले बख्खु, मेख्लो, डोचा आदि लगाउ"छन् भने पशुका छालाबाट निर्मित कोट पनि लगाउने गर्छन । यिनीहरूको भेषभूषा वालुङहरूस"ग मिल्दोजुल्दो हुन्छ । थुदाम भोटेहरूमा नारी र पुरुषविच कुनै विभेद छैन । यिनीहरूलाई उत्पादिन अनाजले वर्षरि खान नपुग्ने हुदा व्यापार, व्यवसाय, पशुहरू बिक्री, जडीबुटी बिक्री आदि गरेर जीवन गुजारा गर्दछन् । शिक्षाको क्षेत्रमा यो जाति अत्यन्तै पछाडि परेको छ । थुदाम जाति र सर्ेपा जातिको भाषा झन्डैझन्डै मिल्दो जुल्दो छ । शर्ेपा भाषाबाहेक तोप्केगोला र बालुङहरूस"ग पनि यिनीहरूको भाषा करिब करिब मिल्दछ । थुदामहरू बौद्धमार्गी हुन् त्यसैले यिनीहरूका हरेक संस्कारादि कर्महरू बौद्ध परम्पराअनुसार नै सम्पन्न गर्ने गरिन्छ ।

२३. दनुवार

नेपालका दनुवारहरू निकै हदसम्म थारु जातिसंग निकटता राख्दछन् । भारतमा मुलथलो भएका दनुवारहरू मुसलमानी आक्रमणबाट बच्नका लागि राजस्थान, मेंवाड, राजपुताना आदि क्षोत्रकाट उनीहरू नेपाल पसेको बताउ"छन् । त्यसका साथै उनीहरू के पनि बताउ"छन् भने मुसलमाथी आक्रमणबाट बच्ने क्रममा भाग्दै जा"दा उनीहरूले जंगलमा पनि पिछा गर्दा केही समय पानीमा अलप भएको र तन्त्रमन्त्र साधनाद्वारा शत्रुलाई धपाउन सकेको बताउ"छन् ।

२०५८ सालको जनगणनाअनुसार यिनीहरूको जनसंख्या ५३२२९ रहेको छ । यिनीहरूको बसोबास मूलतः दून वा खोंच उपत्यकाका क्षोत्रमा भएको पाइन्छ । बाग्मती, कमला, सुनकोशी प्रवाहित क्षेत्र यिनीहरको मुख्य बसोबास भएको क्षेत्र हो । त्यसका अतिरिक्त बा"के र बर्दियातिर पनि यिनीहरूको बसोबास भएको पाइन्छ । दनुवारहरूको प्रमुख पेशा कृषि, मजदुरी र पशुपालन हो । फर्ुसदका समयमा माछा मार्न जाने, सिकार खेल्न जाने पनि गर्दछन् । दनुवारहरू आलौकिक र अदृश्य शक्तिमाथि विश्वास राख्दछन र तिनै शक्तिको उपासनाबाट कार्यसिद्धि गर्ने प्रयास गर्दछन् । यिनीहरू धामी, झा"क्री, तन्त्र, मन्त्रको व्यापक प्रयोग गर्दछन् ।

२४. दरै

दरै जाति नेपालको अल्पसंख्यक जातिहरूमध्येको एक हो । अस्तित्व नै लोप हुने खालको जाति भन्दा पनि फरक नपर्ला । दरै जातिहरूको मुख्य बासस्थान भएको जिल्ला नारायणी अञ्चलको चितवन र गण्डकी अञ्चलको तनहु" हो । चितवन जिल्लाको जंगलका खोंच र खोलाका बगरहरूमा यिनीहरूको बसोबास भएको पाइन्छ भने तनहु"का दरैहरूको बसोबास मादी खोलाको किनारमा रहेको पाइन्छ । जंगलका छेउछाउ र खोलाका किनारमा बस्ने हुनाले यिनीहरूको जीविकोपार्जनको पेसा खोलाका माछा मार्नु र नदी खोलामा डुंगा चलाउनु नै हो । हाल यिनीहरूको जनसंख्या १४८५९ रहेको २०५८ को जनगणनाको तथ्यांकमा छ । दरै जातिले बोल्ने भाषा भोजपुरी, मैथिली, मगर र गुरुङ भाषा हुन् । सर्म्पर्क भाषाका रूपमा यिनीहरू नेपाली भाषालाई नै प्रयोग गर्दछन् । दरै जाति बुद्ध धर्मावलम्बी हुन् । यिनीहरूले कुलदेवतालाई मुख्य देवताका रूपमा र बनदेवीलाई घर बाहिरको मुख्य देवीका रूपमा पुज्ने प्रचलन छ ।

२५. दुरा

यो यस्तो जाति हो जसले आङ्खनै जातीय संस्कार र पहिचान भए पनि ओझेलमा परेको छ । यिनीहरूको मूलथलो, लमजुङ हिमालको काखमा अवस्थित लमजुङ जिल्लाको दक्षिणी भेग हो । लमजुङ, सिंदुरे, लर्ुर्लुङकोट, खजेगाउ", हा"डीखोला, ठूलास्वारा, भोर्लेटार, सिमलचौर, चिसुकु, नेटातान्द्राङ कान्छा आमडाडा आदि स्थान दुरा जातिको बसोबास भएको गाउहरू हुन । यिनीहरूको मुलथलो लमजुङ भए पनि तनहुको सिसाघाट, राम्चे, क्यामिन, धर्मपानी रामथुंकी, तनहु"सुर र कास्की जिल्लाको सिद्ध र पोखरामा पनि दुराहरूको बसोबास भएको पाइएको छ । दुरा जातिका पुरुषहरूले लगाउने पोसाक गुरुङ मगरहरूकै अर्थात् कछाड, कमिज, टोपी, भोटो, फेटा लगाउ"छन् भने महिलाहरूले गुनिउ", घलेक, चोलो, मजेत्रो, कम्मरमा पटुका लगाउ"छन् । यो जातिले हिन्दू धर्म मान्दै आएको छ र बुद्ध धर्मका प्रभाव यिनीहरूमा परेको पाइन्छ । दुराजातिले मनाउे मुख्य-मुख्य चार्डपर्वहरूमा दसैंतिहार, तिज पर्दछन् । साउने संक्रान्ति, कृष्णजन्माष्टमी, माघे संक्रान्ति, एकादशी, शिवरात्रि, फगूपूणिर्मा, चैतेदशैं वैशाख पूणिर्मा आदि पनि विशेष महत्त्वका साथ मनाउने गर्दछन् ।

नाचगानमा नुराजातिमा महत्त्वपर्ूण्ा र रोमाञ्चकारी नाच सटिघाटु र बाह्रमासे घाटु नाच हो । सतिघाटु नाच नचाउ"दा एकजना गुरु पनि राख्ने गरिन्छ ।

२६. धानुक -मण्डल)

धानुक थातिको नेपाल प्रवेश भारतको राजस्थानको धनिया गाउ"बाट भएको हो भन्ने भनाई छ तापनि यिनीहरूको उत्पत्तिका सम्बन्धमा किटानीसाथ केही भन्न सकिने अवस्था छैन । यिनीहरू परम्परादेखि नै सेवकका रूपमा रहिआएका देखिन्छन र जमिन्दार खुसी पार्नुलाई नै यिनीहरूले जीवनको र्सार्थकता ठान्दछन् । धानुक जातिले परम्परादेखि नै धानखेती गर्न रुचाउने र अन्य खेतीभन्दा धान खेती नै बढी गर्ने हुनाले पनि धानुक भनिएको हो भन्ने भनाई पनि छ । यो तर्राई बासी जाति हो । यिनीहरूको जनसंख्या भारतको बिहार प्रान्तमा प्रशस्त मात्रामा पाइन्छ । आजभोलि धानकुहरूले मण्डल लेख्ने गर्दछन् । त्यसैले कतिपय धानुकहरूले त आङ्खनै गोत्रसमेत विर्सर्ेे छन् । धानुक जातिले बोल्ने भाषा मैथिली हो, जुन नेपालको दोस्रो ठूलो भाषा हो । मैथिली भाषाबाहेक कहिले भोजपुरी पनि बोल्ने गर्दछन् । २०५८ सालका जनगणनाअनुसार धानुकहरूको १,३६,९४४ देखाइएकोमा जम्मा ७१,१८७ पुरुष र ६५,७५७ महिला रहेका छन् । धानुक जातिले छडिहार, अक्षयतृतीया, सोमबारे औसी, माघे संक्रान्ति, रामनवमी आदि पर्वहरू मनाउने गर्दछन् । धानुक जातिको मुख्य पेशा कृषि र पशुपालन हो । यो जातिमा धामी, झा"क्री, भूत, प्रेत, बोक्सी, बोक्सिनी आदिमाथि असाध्यै विश्वास गर्ने प्रचलन छ ।

२७. धिमाल

केही मानवशास्त्रीहरूले तपाईमा बस्ने धिमाल र पहाडमा लिम्बुहरूलाई दाजुभाई हुन् पनि भनेका छन् तर यो मतसंग सबै सहमत छैनन् त्यसैले यसको अध्ययन अनुसन्धान हुनु जरुरी छ । कोही भन्छन् धिमालहरू उत्तर पर्ूवबाट नेपाल आएका हुन् र उत्तरको हिमालबाट आएकाले धिमाल भएका हुन् । कसै कसैले धिमाललाई ढेमाल पनि भन्दछन् । पनि ढेमालबाट धिमाल भएको हुनर्ुपर्दछ । माई खोलको पर्वका धिमालहरू आफूलाई मल्लिक भन्दछन् । नेपालका धिमाल र भारतको आसामको बोडो जातिका बिचमा अन्यन्तै निकट समीप्ययता र एउटै रहनसहन छ । यिनीहरू सुरा र आ"टिला हुन्छन् । धिमालहरूको बसोबास भएको क्षेत्र मोरङ, झापाको जंगलात क्षेत्र हो । यो जातिको जनसंख्या २०५८ सालको जनगणानामा १९,५३७ रहेको छ । यिनीहरू अधिकांशतः भूमिहिन छन् । नगण्य मात्रामा एकछाक खान पुग्नेहरू छन् । त्यसैले वैकल्पिक आयस्वरूप यिनीहरू मजदुरी गर्छन् । गाई, भैसी, बाख्रा पालेर बेच्छन् । धिमाल जातिले मनाउने मुख्य मुख्य चार्डपर्वहरूमा दसैं, तिहार, साउने संक्रान्ति, माघे संक्रान्ति होली आदि हुन् ।

२८. नेवार

नेवारहरूको मुलथलो नेपाल उपत्यका हो । सांस्कृतिक दृष्टिले यिनीहरू अन्यन्तै सम्पन्न छन् । यिनीहरूका आदिपर्ूखाहरू किरा"त, लिच्छवी हुन् पनि भनिन्छ । यिनीहरूमा आर्य, मंगेल र अस्ट्रेलाइड सबै थरीका आदिवासीको सम्मिश्रण भएको पनि विश्वास गरिन्छ । नेवारहरू हिन्दु र बौद्धमार्गी दुवै छन् । त्यसैले यिनीहरूको जातीयताका सम्बन्धमा जति विद्वानहरूले कलम चलाए त्यति नै थरीका तर्क अघि सारेर यिनीहरूको जातीयतामाथि विवाद सिर्जना गराएका छन् । २०५८ को जनगणनामा भने यिनीहरको जनसंख्या १२,४५,२३२ देखाइएको छ । नेवारहरूको आङ्खनै भाषा र लिपी छ । यिनीहरूको भाषा तिब्बत बर्मेली भाषा भए तापनि यसमा भारोपेली भाषामध्येको नेपाली र संस्कृति भाषाको प्रभाव पनि त्यतिकै परेको पाइन्छ । नेवारहरूको मुख्य पेशा व्यापार, व्यवसाय हो । नेवारहरू ब्यापारमा कुशल भएकाले यिनीहरू अधिराज्यभरि छरिएर रहेका छन् । नेपालका सम्पर्ूण्ा जनजातिमध्ये सबैभन्दा शिक्षित जानजाति नेवार हो ।

२९. पहरी

पहरी जातिको उत्पत्ति र नामका सम्बन्धमा कुनै ठोस प्रमाणहरू नपाइए तापनि भक्तपुरको तलेजु भैरवस्थानको शिलालेखमा नेवारहरूबाट कुनै समयमा पतन भएर 'पहरी' हुन गएको भन्ने उल्लेख भएकाले यिनीहरूको मूल पर्ुखा नेवार रहेछन भन्न सकिन्छ । यही मतलाई पुष्टि गर्ने खालको निम्न अभिव्यक्ति पनि पहरी जातिका बुढापाखाहरू व्यक्त गर्दछन् । पहरीलाई मूल बसोबास भएका जिल्लामा ललितपुरको बुडिखेल, टिका भैरव, लेले, इटयरी, टोखेल, चापागाउ" र पलाञ्चोक हो । पहरीहरूको भाषा बैग्लै छ । तर लिपि छैन । यिनीहरूको भाषा र नेवारी भाषासंग झण्डैझण्डै मिल्दोजुल्दो छ तर बोल्दाखेरि तामाङहरूले झैं लय तानेर बोल्छन् । यिनीहरू बुद्धधर्मावलम्बी हुन् । पहरीहरूको मुख्य पेसा बेत र बा"सको चोयाबाट डालो, नाङ्लो, कर्ुर्सर्ीीटेबुल आदि हस्तकलाका सामग्री तयार गर्ने हो । पहरी जातिले देवाली पूजा, भूमे पूजा, गुडी पूजा, मच्छिन्द्रनाथको पूजा, दसैं, तिहार, गाइजात्रा, माघे संक्रान्ति, श्रावण संक्रान्ति, चैते पूणिर्मा -२२ धारा नहाउने पूणिर्मा) वनदेवताको पूजा गर्ने गर्दछन् । काभ्रे र ललितपुरका पहरीहरूले भने माघे संक्रान्ति श्रवण संक्रान्ति र वनदेवताको पूजा गर्दैनन् । देवाली पूजा गर्दा यिनीहरूले सरस्वति, गम्बार र बनिज खाने र यी तीन देवीदेवताको पूजा गर्दछन् ।

३०. प|m

यो जातिको मुख्य बसोबासस्थल नारायणी अञ्चलको मकवानपुर बाग्मती अञ्चलको सिन्धुपाल्चोक, काभ्रे र ललितपुर जिल्ला हुन् । मकवानपुर जिल्लाको फपरबारी गाविस बेतिनी कुलेखानी, काभ्रेपलाञ्चोक जिल्लाको र्घर्तीछाप गाविस छात्रेबा"झ गाविस, खनाललोक गाविस र ललितपुर जिल्लाको गोदावारी गाविस, बडिखेल गाविस, चापागाउ" गाविस, सिकर्सर्ाााविस, फादे गाविस, टम्फेल गाविस, लेले गाविसका केही टोलमा यो जातिको बसोबास छ । यिनीहरूलाई उपल्लो जातिका मानिसहरूले हेय दृष्टिले हर्ेदछन् भने जनजातिहरूले यिनीहरूलाई वास्तवमा जनजाति नै मान्दैनन् । शिक्षा क्षेत्रमा यो जाति निकै पछाडि परेको छ ।

३१. बनकरिया

बनकरिया जातिको मूलथलो मकवानपुर जिल्लाको हा"डीखोला गाविस ७ को ट्वाङरा डा"डा हो । त्यसबाहेक, चौरबेसी, सुनखोला चुरे उपत्यका पनि यिनीहको बस्ती पाइन्छ । ट्वाङरा डा"डामा यिनीहरूका ८ घरधुरी छन् । बनकरिया जाति लोपोन्मुख जातिहरूमध्ये एक हो । ट्वाङरा डा"डामा यिनीहरू ५० जनाको संख्यामा छन् तर यिनको निश्चित जनसंख्या भने प्राप्त हुन सकेको छैन । त्यसैले यसको अनुसन्धान हुनु नितान्त आवश्यक छ । बनकरिया जाति जंगल क्षेत्रमा बसोबास गर्ने हु"न अन्य जातिले भन्दा यिनीहरूले जंगली कन्दमूलहरू जस्तै कुरिलो, तरुल, भ्यकूर, गिट्ठाका अतिरिक्त ढिंडो भात, कोदाको रोटी, जुनेलो र मकैको रोटी मकैको ढिंडो खाने गर्छन् । बनकरिया जातिको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । आम्दानीको स्रोत छैन । यिनीहरू बा"सका थुन्चे, डोको, डालो, नाङ्लो, कोक्रो आदि बुनेर बिक्री गरी गुजारा टार्ने गर्छन् । बनकरिया जातिको शैक्षिक अवस्था अत्यन्नै पिछडिएको छ । एकप्रकारले सतप्रतिशत नै निरक्षर छन् । बनकरिया जातिको आङ्खनै भाषा छ । बनकरिया र चेपाङहरूले बोल्ने भाषा एउटै हो ।

३२. बराम

बराम जातिको मूलथलो गोरखा जिल्लाको उत्तरी क्षेत्र हो । खासगरी गोरखा जिल्लाको बगुवा, मासेल, तान्द्राङ, आरूपोखरी, थुमी, अर्वाङ, स्वारा सौरपानी, तार्कुकोट, लांकुरीबोट, पान्द्रुङ, देउराली, श्रीनाथकोट, नारेश्वर, नाम्जुङ, फुजेल, छोप्राक, धुवाकोट, च्याङ्ली, गाविसहरूमा यो जातिको बाक्लो बस्ती पाइन्छ । यिनीहरूका बस्तीहरूमा यिनीहरूबाहेक ब्रा हृ मण, कामीहरूका घरहरू पनि भेटिन्छन् ।

ललितपुर, धादिङ, मकवानपुर, तनहु", नवलपरासी जिल्लामा पनि छरिएर रहेका छन् । गोरखाको तार्कुकोटका बरामबाहेक अन्यका बरामहरूले नेपालीभाषा नै बोल्छन् । २०५८ को जनगणनाअनुसार ७,३८३ रहेको पाइएको छ । बराम जनजातिहरू अन्यन्तै इमान्दार, सुरा र सोझा हुनाले टाठाबाठाहरूबाट छिट्टै ठगिन्छन् पनि । यिनीहरू अल्पसंख्यक समुदायमा पर्दछन् । बराम जातिको मुख्य पेसा कृषि हो । कृषिबाट यिनीहरूलाई बर्षरी खान नपुग्ने हु"दा मजदुरी पनि गर्दछन् ।

बराम जनजातिहरू शिक्षाका क्षेत्रमा अत्यन्तै पिछडिएका छन् । बराम जनजातिको आङ्खनै मातृभाषा छ जसलाई 'बालकुरा' भनिन्छ । बराम जनजातिमा संस्कृति लोप हुदै गएको छ । उनी आफूलाई हिन्दू भन्दछन त्यसैले हिन्दू संस्कारहरू अपनाउदै गएका छन् ।

३३. बाह्रगाउ"ले

यो जाति श्री ५ को सरकारले सुचीकृत गरेको ६१ जातिमध्ये एक हो । यिनीहरूको मुख्य बसोबास मुस्ताङ जिल्लाको ल्होमान्थाङको बाह्रागाउ" हो । यस बाहेक मुक्तिनाथ, झोङ, कागबेनी र छुक्साङ गाविसमा पनि यिनीहरूको बसोबास रहेको छ । यो समुदाय भोट बर्मेली परिवार भाषाभित्र पर्दछ । यिनीहरूको शारीरिक बनावट धार्मिक सांस्कृतिक परम्परा र भाषा तिब्बतीहरूसंग मिल्छ । यिनीहरू जात र थरको हिसाबबाट गुरुङ, विष्ट, ठकुरी, थकाली लेख्छन् । ठूला जातिका हरूले आफूहरूलाई विष्ट, ठकुरी भन्दछन् । यिनीहरू बसोबास गर्ने क्षेत्रलाई बाह्र गाउ" भनिने हु"दा यिनीहरूलाई बाह्र गाउ"ले भनिएको हो । यिनीहरूको जनसंख्या १५०० देखि २००० को संख्यामा छन् ।

महिलले सेकन, ताजोरिह, ङव, बख्खु, चालो, फिटही लगाउ"छन भने पुरुषले घ्यो फुलुक, स्विटर आदि लगाउछन् । यिनीहरू पनि भोट बर्मेली भाषा परिवारभित्रै पर्दछन् । यिनीहरू बोन धर्मावलम्बी हुन् । बोनधर्म बौद्ध धर्मको प्रारमिभक रूप हो । कृषि र पशुपालन यिनीहरूको प्रमुख पेसा हो । यो जातिको मुख्य चाड पर्व भनेको ल्होसार, यार्तेङ र घाच्याङ हो । ल्होसारलाई यिनीहरूले नववर्षो रूपमा मनाउ"छन् । यो सबैभन्दा महत्त्वपर्ूण्ा चाड हो । यो जाति शिक्षाको क्षेत्रमा अन्यन्तै पिछडिएको जाति हो ।

३४. बोटे

यिनीहरू अधिराज्यका धेरै जिल्लामा छरिएर बसेका हु"दा यिनीहरूको मुलथलो कहा" हो भनेर किटान गर्न सकिदैन । चितवनका कुसहर, तर्राईका माझी, पहाडका बोटे यी सबैको काम डुंगा चलाउने नै भएकोले सबै एउटै जातजस्तो पनि लाग्दछन् तर त्यो होइन । यिनीहरू मूलतः मादी, सेती र कालीगण्डकी नदीका किनारमा बसोबास गर्छन् । झट्ट हर्ेदा यिनीहरू दनुवार, दरै र माझीजस्तै देखिन्छन् । यो जाती नदी किनारका छेउछाउ र पहाडका बेसीहरूमा बसी घटुवारे जीवन व्यतीत गर्ने जाति हो । २०५८ सालको जनगणनामा यिनीहरूको जनसंख्या ७९६९ रहेको तथ्यांक पाइएको छ । बोटेहरूको आङ्खनै भाषा भए पनि सबैसंग बोल्दा नेपाली भाषामै बोल्छन् । यिनीहरू अधिकांश समय पानीमा विताउने हु"दा छिट्टै सुक्ने खालका कपडा अर्थात् पातलो कपडालगाउ"छन् । दसैं तिहार, तिज, चण्डीपूणिर्मा, माघे संक्रान्ति यिनीहरूका मुख्य मुख्य चार्डपर्व हुन् । यिनीहरूले आफूलाई हिन्दू भन्दछन् तर ब्रा हृ मण पुरेत राख्दैनन् ।

३५. ब्यासी

यो जातिको मुख्य बसोबासस्थल सुदूर पश्चिमाञ्चल क्षेत्रको अति दर्ुगम जिल्ला दार्चुलाको उत्तरी पश्चिमी भूभागका ६ गाउ विकास समिति मध्येको ब्यास, रोल्पा र खलंगा हो । यी गाविसबाहेक अन्यत्र यो जाति पाइदैन् । यिनीहरूले आफूहरूलाई महाभारतका रचयिता ब्यास ऋषिका सन्तान भनेर दावा गर्दछन् । यिनीहरू आफूलाई क्षेत्री भन्दछन् । २०५८ सालको जनगणनामा यिनीहरूको जनसंख्या २,१०३ रहेको छ । यिनीहरूको शारीरिक बनावट र मुखाकृति हर्ेदा मंगोलियन र बौद्धमार्गि जस्ता लागे पनि यिनीहरूका जन्मदेखि मृत्युसम्मका संस्कारहरू जस्तै जन्म, ब्रतबन्ध, विवाह श्राद आदिमाथि विचार गर्दा हिन्दू धर्मावलम्बी नै हुन् । यिनीहरूको भाषालाई ब्यासी भाषा नै भनिन्छ तर यस भाषाको लिपि भने अझै पत्ता लागेको छैन । ब्यासी जातिका चार्डपर्वहरूमा दसैं, तिहार, होली, ऋषितर्पणी कृष्ण जन्माष्टमीहरू मुख्य हुन् ।

३६. भुजेल -र्घर्ती)

भुजेलहरूको मूलथलो बाग्लुङ जिल्लाको भुजी भन्ने ठाउ" हो । त्यहिबाटै यिनीहरू अधिराज्यका विभिन्न स्थानमा बार्सइ सर्राई गरी गएका हुन् । यिनीहरू अधिराज्यका विभिन्न स्थानमा बसोबास गरेको पाइन्छ । यिनीहरू पनि अल्पसंख्यक जातिमै पर्दछन् । श्री ५ को सरकारले भुजेलहरूलाई अलग्गै जाति सूचीकृति गरे तापनि यिनीहरूका सम्पर्ूण्ा रहनसहन, आचारविचार, लवाईखवाई मगरसंग मिल्दाजुल्दा छन् । यिनीहरूलाई कतै र्घर्ती भनिन्छ त कतै भुजेल नै भनिन्छ । सबै ठा"मा एउटै जातिका नामबाट चिनिदैनन् । भुजेलहरू हिन्दू धर्मावलम्बी हुन् । भुजेलहरूले बोल्ने भाषा झण्डैझण्डै चेपाङ भाषास"ग मिल्दोजुल्दो छ । तर सर्म्पर्क भाषा चाहिं सबैले नेपाली नै बोल्दछन् । भेजुलहरूको प्रमुख पेसा कृषि नै हो । कृषिबाहेक अन्य ससाना घरेलु नोकरका कामहरू पनि गर्दछन् ।

३७. भोटे

नेपालीको उत्तरी सीमाक्षेत्रमा अवस्थिति हिमशृंखला र हिमचुलीहरूको छेउछाउमा युगौदेखि बस्ती बसाएर बस्दै आएका हिमाली जातलाई भोटे भन्ने गरिन्छ । चीनको स्वाशासित क्षेत्र तिब्बतको भोटको नजिकै बसेका र यिनीहरूको सम्बन्ध पनि तिब्बती जनता र तिब्बती भागसंग बढी भएकाले ब्यापार ब्यावसाय पनि त्यतैतिर गर्ने हु"दा यिनीहरूलाई भोटो भनिएको हो । यिनीहरू हिजोआज बाजुरा, दार्जुला, मनाङ, मुस्ताङ, मुगु, हुम्ला, डोल्पा, सर्ुर्खेत, तनहु", कास्की आदि जिल्लाहरूमा पनि पाइन्छन् । तिब्बतीहरूको भाषा र यी भोटहेरुको भाषा पनि एउटै छ र धर्म पनि उनीहरूको जस्तै बुर्द्धधर्मको एउटा शाखा महायान धर्मको लामा धर्म नै मान्दछन् । हाल २०५८ को जनगणनामा यिनको जनसंख्या १९,२६१ पुगेको छ । यिनीहरू उच्च हिमाली शृंखलामा बसोबास गर्ने हु"दा महिला पुरुष दुवैले न्यानो खालको लुगा लगाउछन् । चाहे मुस्ताङमा बस्ने लोपा वा डोल्पामा बस्ने डोल्पो, चाहे किमाथाङ्काका लोमी हुन वा मनाङका न्योसाङ यी सबैको पेसा पशुपालन र सटही ब्यापार हो । भोटे जातिका प्रमुख चार्डपर्वहरूमा फागुन महिनामा मनाइने लोसार र असारको महिनामा लाग्ने रोगव्याधिबाट छुटकारा पाउनका लागि गरिने रिम्डु, पोट्क योक्यायसी आदि पूजाहरू हुन् ।

३८. मगर

नेपालका प्रसिद्ध जातिहरूमा मगर पनि एक मुख्य जाति हो । नेपाल एकीकरणपर्ूव तत्कालीन नेपालका बाइसी राज्यका कतिपय मगर राज्य थिए र ती मगर राज्यलाई सुरुमा मगरराज त्यसपछि मगरात भनिएको अनुमान गरिन्छ । मगरात क्षेत्रमा रहेका सेन र ठकुरी राजाहरू पनि मगर नै थिए भने विद्वानहरूको भनाई छ । त्यसैले यिनीहरू शासक बर्गमा पनि गनिन्छन् । यिनीहरूको मूलथलो कर्ण्ााली र गण्डकी प्रदेशको बिचको भूभाग हो । एकीकरणपर्ूव बाह्र मगरात राज्यहरू थिए र मगरात क्षेत्रको केन्द्रविन्दु पाल्पा राज्य थियो । आज पनि धेरैजसो मगरहरू लुम्बिनी, राप्ती र धौलागिरी अञ्चलको पहाडी क्षेत्रमा बसोबास गरेको पाइन्छ । नवलपरासी जिल्लाको रकुवा रुचाङ, डेढगाउ, नरम, देउराली आदि गाविस र पाल्पा जिल्लाको बाकामलाङ गाविसमा आज पनि मगरहरूकै बाहुल्य छ । त्यस बाहेक हालको रुकुम, रोल्पा, दाङ सर्ुर्खेत, दैलेख, जाजरकोट, अर्घर्ाा"ची, गुल्मी, कपिलबस्तु, बाग्लुङ म्याग्दी, पर्वत, स्याङ्जा आदि जिल्लामा मगरका बाक्लै बस्ती छन् । यिनीहरू मगर भाषा बोल्छन् तापनि नेपाली भाषालाई मातृभाषा मान्नेहरूको संख्या कम छैन । २०५८ को जनसंख्यामा भने यिनीहरूको संख्या १६,२२,४२१ बताइएको छ । मगरहरू सोझा र अति मिलनसार हुन्छन । मगरहरूभित्र पनि धेरै थर हुन्छन् । जस्तै ः र्घर्ती, थापा, पुन, राना, आग्री, आले, गरुङचन, मुरुङचन, बेङलासी, बुढाथोकी, एसमाली, मस्की, परेवाली, हिस्की, थुमसिङ रगाता, सिढारी आदि । मगर समुदायभित्र धामी, झा"क्रीप्रथा अझै कायम छ । मगरहरूमा मनोरञ्जनका लागि मारुनी नाच अन्यन्तै प्रसिद्ध छ । जुनसुकै ठाउ"मा बसेका भएपनि यिनीहरूको मारुनी नाचलाई जिवितै राखेका छन् ।

३९. मनाङ्गे

यिनीहरू नेपालको उत्तर पश्चिमस्थित हिमाली जिल्ला मनाङमा बस्छन् । यिनीहरूले बसोबास गर्ने क्षेत्रलाई 'नेस्याङ' भनिने हु"दा यिनीहरूलाई नेस्याङबासी पनि भनिन्छ । तर मनाङ्गे नै ज्यादा प्रचलनमा भएकोले मनाङ्गे नै भनिन्छ । यिनीहरू पहाडी भेकका बासिन्दा र पिछडिएका जाति भएकोले आङ्खनै भाषाराम्ररी बोल्न र बुझ्न सक्दैनन् । ब्यापार ब्यावसायमा लागेकाहरू भने सर्म्पर्क भाषाका रूपमा नेपाली भाषाका रूपमा नेपाली भाषा बोल्दछन् । यिनीहरूले बोल्ने बोली गुरुङ भाषास"ग मिल्दोजुल्दो छ । यिनीहरू उच्च हिमाली भूभागमा बस्ने भएकाले फापर, गहु", जौ, मकै, आलु र मुला आदि खेती गर्दछन् । यो जातिमा बैशाख तारो हान्ने, चलन छ । यो उनीहरूको आङ्खनै मौलिक परम्परा हो भने ल्होसारलाई नया" वर्षा रूपमा मनाउ"छन् ।

४०. माझी

माझी जति नेपालका ६१ जनजातिमध्येको एउटा पछौटे र गरिबीको रेखामुनि रहेको जाति हो । यिनीहरूका बुढापाका र पढेलेखेकाहरूले आफूहरूलाई माझीकी पुत्री मत्स्यगन्धाका सन्तान भएको बताउ"छन् । यस जातिको आङ्खनै भाषा छ । आङ्खनै धर्म छ र आङ्खनै संस्कृति छन् तर पनि लोप हुने अवस्थामा छन् । माझी जातिको बसोबास भएको क्षेत्र तर्राईको भित्रीमदेस र नारायणी अञ्चलका प्रायःजसो सबै जिल्ला हो । त्यसका अतिरिक्त काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, धनकुटा, ओखलढुङ्गा आदि जिल्लामा पनि यिनीहरूको बसोबास छ । यिनीहरू र थारु जातिमा लगभग सबै कुरा मिल्दछ । २०५८ सालको जनगणनामा यिनीहरूको जनसंख्या ७२,६१४ पुगेको छ । यिनीहरूको पेसा के हो भन्ने जातले नै बताउ"छ । यिनीहरूको खोलाका छेउछाउमा बस्ने, जाल हालेर बल्छी लगाएर माछा मार्ने, डुंगा खियाएर मानिसलाई घाट तार्ने खेतीपाती र पशुपालन गरेर आङ्खनो गुजारा गरेका हुन्छन् । घाट तार्ने पेसालाई माझी पनि भनिन्छ । माझी जाति हिन्दू धर्मावलम्बी हुन् । यिनीहरूको कुलपूजा, धूमधामस"ग मनाउ"छन् ।

माझी जातिले बोल्ने भाषा र थारु जातिले बोल्ने भाषा एउटै थारु भाषा हो । तापनि मैथिली र भोजपुरी पनि बोलेको पाइन्छ । माझी जातिले मनाउने मुख्यमुख्य चार्डपर्वहरूमा भुइ"बाबा -कुलपूजा) अगहनी एकादशी, मार्ग एकादशी, होरेरी -फागुपूणिर्मा) माघी -माघे संक्रान्ति) एमोसा -पितृऔसी) आदि सहर्राई -गाइतिहार) आदि हुन् ।

४१. मार्फाली

मार्फालीहरूको बसोबास निश्चित क्षेत्रमा मात्र सीमित छ । विशेषगरी मुस्ताङ जिल्लाको मार्फा गाविसको 'मार्फ गाउ यिनीहरूको मूल थलो हो । यिनीहरू यहीबाटै बर्साई सरी बुटबल, काठमाडौं, पोखरा र जोमसोम पुगेका हुन् । मार्फात गाविसको पनि खासगरी वडा नं. १, २, ३ र ४ मा यिनीहरूको बस्ती पाइन्छ । यो जातिलाई लोपोन्मुख जातिका रूपमा लिइन्छ । मार्फा गाउमा यिनीहरूको जनसंख्या ११८ घरधुरी र कुल जनसंख्या करिब २००० रहेको छ । यिनीहरूले बोल्ने भाषा पनि भारोपेली -भोट बर्मेली) परिवारभित्रैको भाषा हो । मार्फालीहरू बौद्धमार्गी हुन् । यिनीहरू धामीझा"क्री भूतप्रेत आदिमा विश्वास गर्छन् । मार्फालीहरूको मुख्य चाड 'तरमिन' फाल्ह' हो । तेरमिन फागुन पूणिर्मा वरिपरि पर्छ भने 'फाल्ह' चाड भाद्र महिनामा पर्छ । मार्फालीहरूलाई आङ्खनो कृषिबाट तीन चार महिना मात्र खान पुग्छ । बा"की समय ब्यापार, ठेक्का, नोकरी गरी जीवन धान्छन् । यो जातिको शैक्षिक अवस्था अन्यन्तै पछि परेको छ ।

४२. मुगाली

यो जनजातिको नामकरण पनि स्थान विशेषकै आधारमा भएको छ । कर्ण्ााली अञ्चलको मुगु जिल्लाको मुगुकरन क्षेत्रमा बसोबास गर्ने भएकोले यिनीहरू मुगाली भनिएका हुन् । त्यहा" यिनीहरूका १३ गाउ" छन् । त्यसबाहेक जसमा मुगु, डोल्फु, मह, च्युते, स्यारोक, तिहार, किर्मी, माङ्ग्री, बाङ्ग्री कटिक र दाउराका साथ साथै अन्य केही जिल्लामा पनि मुगालीहरूको बसोबास रहेको पाइन्छ । अर्थात् करन क्षेत्रमा १२ गाउ" र मुगुमा १ गाउका बासिन्दाहरू मुगाली हुन्छन् । यिनीहरूले तिब्बतीयन भाषा बोल्दछन् र बुद्ध धर्म मान्दछन् । यिनीहरूका रहनसहन, पोसाक, संस्कार, सबै तिब्बतीहरूस"ग मिल्दछ । यिनीहरूको प्रमुख चाड ल्होसार हो । यिनीहरूको मुख्य पेसा तिब्बतसंगको व्यापार हो । त्यसबाहेक धेरैथोरै मात्रामा कृषि पशुपालन पनि गर्दछन् । मुगालीहरू शिक्षाका क्षेत्रमा पनि निकै पछाडि छन् । यिनीहरूमा साक्षरता प्रतिशत अन्यन्तै न्यून छ । उच्च शिक्षा प्राप्त गरेका मुगाली शून्य बराबर छन् भने प्रवेशिका पाससम्म गरेका भने फाट्टफुट्ट भेटिन्छन् ।

४३. मेचे

३,७६३ जनसंख्या रहेको मेचे जातिको स्याथी बसोबास अहिले मेची अञ्चलको झापा जिल्लाको जंगली क्षेत्रमा मात्र पाइन्छ । त्यसैले मेचेहरू भन्ने गर्दछ 'मेची नदीको नाम राख्ने हाम्रै पर्ुखा मेचेहरू नै थिए । नेपाली इतिहासमा जति पुरानो मेची नदीको नाम छ त्यसभन्दा पनि हाम्रो जात मेचे पुरानो हो । मेचेहरूको रहनसहन, भेषभूष, शारीरिक बनावट र रीतिरिवाज हर्ेदा यिनीहरू मंगोलियन परिवारभित्रका हुन् भन्न सकिन्छ । यिनीहरूको मुख्य पेसा खेती हो । प्रत्येक मेचेहरूका घरका आ"गनमा देवस्थान बनाइएको हुन्छ । कुलदेवता रहेको कोठालाई उनीहरू आङ्खनो भाषामा 'नो मानो' भन्छन् । मेचेहरूले लक्ष्मीपूजा, फागुपूणिर्मा, नववर्षयी तीनवटा चाड अनिवार्य रूपमा मनाउ"छन् ।

४४. र्राई

हिमाली खण्डमा बसोबास गर्ने र्सवाधिक प्राचीन जनजातिमध्ये किरा"त जाति पनि एक हो । र्राई किरा"त जाति हो र यसमा र्राई र लिम्बु गरी २ थर छन तर पनि संस्कार र रक्तको दुष्टिले सबै एकसूत्रमा आबद्ध छन् । र्राईहरूको मूलथलो पर्ूर्वी पहाडको बल्लो किरा"त, पल्लो किरा"त र माझ किरा"त हो । अर्थात् इलाम, पा"चथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, खोटाङ र धनकुटा जिल्ला किरा"ती र्राईहरूले मूलथलो हो । यसका अतिरिक्त पर्ूर्वी तर्राईको सप्तरी, मोरङ र झापामा समेत र्राईहरूको बसोबास भएको पाइन्छ । र्राईहरूमा अलगअलग भाषा बोल्ने र अलग अलग चालचलन भएका धेरैघरहरू पनि छन् । र्राई शब्द खासगरी कुनै जातिको नाम नभई गाउ"को मुखिया या ठालु जनाउने शब्दमात्र हो । २०५८ सालको जनगणनामा यिनीहरूको जनसंख्या ६,३५,१५१ पुगेको छ ।

र्राईहरू खोला र पहाडहरूमा बसोबास गर्ने हु"दा यिनीहरूका थर पनि अलग अलग छन् । छिलिङे, मुङबुङ, होम्बारक, छारा, पाङसुङ, पोक्खिम, खावादुक, लेङसुवा, किम्दाङ, चरिङमे, छोङदेन, पात्रे, छिगेवा, रोदुवा र चल्ने यी १५ थरी र्राईलाई आठ परियार र्राई भनिन्छ । यिनीहरूले संगुर, कुखुराचाहिं हरेक र्राईहरूले पालेकै हुन्छन । जा"डरक्सी यिनीहरू निकै पिउ"छन् । मकै, कोदो र अतिअलि गहु" यिनीहरूको मुख्य खेती हो । गाई, भैंसी, भेडा बाख्रा पालेर मासु तथा दुध उत्पादन गर्दछन् । र्राईहरू मनोरञ्जनप्रेमी हुन्छन् । यिनीहरू गीत, नाच, र बाद्यबादन असाध्यै रुचाउ"छन् । र वाद्यबाजाका रूपमा बिनायो बजाउने गर्छन् । जो बा"सबाट बनेको हुन्छ । ओमाडाक, बिसू तथा धुले पूजाका समयमा आठपरियार्राईहरूले सात दिनसम्म समूहसमूहमा विभाजित भई धनुका"डबाट तीर हान्ने गर्दछन् । र्राई जातिको केटाकेटीहरूले एक अर्कामा मायाप्रिति गा"सी, प्रेमविवाह गर्ने गर्छन् । मायाप्रेमकै सिलसिलामा केही गरी केटीले पेट बोकिहालिछ भने पनि त्यसै केटाले नै विवाह गर्नुपर्छ र यदि गरेनछ भने पनि सुत्केरी खर्च केटाले तिर्नुपर्दछ । र्राईहरू न त हिन्दू हुन न त बौद्धमार्गी ने । उनीहरूको धर्ममा छिमेकी धर्महरूका कैयौ तत्त्व समावेश छ । र्राईहरूले जाल्पाइदेवी, सातकन्या र हिमालयका देवता पुज्ने गर्छन् ।

४५. राउटे

भारतको मध्य प्रदेशमा रावत, हिमाञ्चल प्रदेशको रंक नामका बन मासिन पाइए झै नेपालमा राउटे नाममा वनमासिन पाइन्छन् । कुसुन्डा जस्तै यो जाति पनि जंगली र घुमन्ते जाति हो । यो अझैसम्म कृषि र पशुपालन पेसा अपनाई नसकेको महत्त्वपर्ूण्ा जनजाति हो । यो जाति संभवतः नेपालकै प्राचीन र एसिया महाद्वीवकै अन्यन्तै महत्त्वपर्ूण्ा जानजाति हो । यो जाति संभवतः नेपालकै प्राचीन र एसिया महाद्वीपकै अन्यन्तै महत्त्वपर्ूण्ा जाति पनि हो तर कतिपय नेपालीलाई नै राउटेका बारेमा थाहा छैन र यो जाति पनि नेपाली हो भन्ने ज्ञानसमेत छैन । राउटेलाई कसैकसैले त नरभक्षी पनि भनेर लेखेका छन् । राउटेहरूले आफूलाई वनराजाका रूपमा प्रस्तुत गर्दछन् र बा"दर, ढेडुवाको सिकार गर्छन् । वनका कन्दमूल खान्छन् । गोरस खादैनन् । लोग्ने मान्छेहरू सिकार गर्ने, काठका भा"डा बनाउने गर्छन् भने आइमाइहरू दाउरा बटुल्ने, कन्दमूल खोज्ने र खाना बनाउने गर्दछन् र राउटेहरू चोट लागे खोटो टा"स्छन् । टाउको दुखे झारपात खान्छन् । घुस्नुपर्दा खरानी खस्छन् । झारफुक पनि त्यतिकै गर्छन् । यिनीहरू स्याउलाका अस्थायी छाप्रामा बस्छन्् तर गाउ"मा बस्दैनन् । एक पटक बसेर छोडेको स्थानमा १२-१४ वर्षन्दा अगाडि फर्किदैनन् ।

राउटेका लोग्ने मानिसहरूले लगाउने पोसाक पिठ्यू"मा गादो, शिरमा टोपी या फेटा र ल"गौटी मात्र हो भने आइमाइहरू बुट्टा भएको खस्रो कपडाको खुडा घु"डाको फरिया र छोटो चोलो लगाउ"छन् । राउटेहरूले बोल्ने भाषा खाम्ची भाषा हो । यिनीहरू पनि कसुन्डाहरूले झैं दुध खादैनन् । हरेक पूणिर्मामा अक्षता र फुल्पातीले मष्टको पूजा गर्छन् । २०५८ सालको जनगणनामा यस जातिको जनसंख्या ६५८ रहेको छ । राउटेहरूले विवाह गर्दा बंशान्तर विवाह गर्ने गर्छन् । एउटै वंशभित्र विवाह गर्नुलाई विवाह पाप कर्म ठान्छन् । साउने संक्रान्ति, दसैं, पुसे संक्रान्ति, माघे संक्रान्ति, चैते दसैं जस्ता चार्डपर्व मान्ने गर्छन् । राउटेहरूले मान्छे मार्दा गाड्ने गर्छन । गाड्दा मृतकका झा"डाकुडा, कपडा, उसले सिकारमा लैजाने जाल, बन्चराको बिंड सबै लासस"गै राखेर माटाले पुरिन्छ । माथिबाट ढुंगाले थिचिन्छ ।

४६. राजवंशी -कोचे)

राजवंशीहरूको ऐतिहासिक पुष्ठभूमि हर्ेर्ने हो भने यिनीहरूकोर् इसाको नवौंदसौं शताब्दीतिर भारतको आसम र बंगालबिचको जलपाईगुडी भन्ने ठाउ"मा अभ्यूत्थान भएको पाइन्छ । चौधौ शताब्दीतिर 'दनुजमर्दन' नाम गरेका कोच राजवंशीले त्यस क्षेत्रमा राज्यसमेत गरेका थिए र उनको राजधानीलाई नदुजपुर -दिनाजपुर) भनिन्थ्यो । उनै कोच राजवंशीहरू त्यस क्षेत्रबाट नेपाल प्रवेश गरेका हुन् । राजवंशीहरू त्यतिबेलासम्म क्षत्रिय थिए । राजवंशीहरूको मुख्य बसोवास क्षेत्र मेची अञ्चलको झापा, कोशी अञ्चलको मोरङ र सुनसरी जिल्ला हो । २०५८ सालको जनगणनाअनुसार यिनीहरूको जनसंख्या १०,४२९ रहेको छ । राजवंशीहरू हिन्दू र मुसलमान दुवै पाइन्छन् । हिन्दू र मुसलमान दुवै धर्मलाई ग्रहण गर्न नसकेकाहरू कोच हुन् । हिन्दू राजवंशी भाषा नै भनिन्छ भने मुसलमान राजवंशीहरूले बोल्ने भाषालाई ताजपुरी -उर्दु जस्तै) भाषा भनिन्छ । राजवंशीहरू भित्र पनि तल्लो जाति र माथिल्लो जाति छन् । राजवंशीहरू शिक्षाको क्षेत्रमा अन्य जातिभन्दा त्यति पछाडि त छैनन् ।

४७. राजी

राजी जातिको मुख्य बसोबास क्षेत्र राप्ती अञ्चलको दाङ देउखुरी क्षेत्र र भेरी अञ्चलको सर्ुर्खेत उपत्यका हो । तापनि यिनीहरू नेपालको पशिचम दक्षिण क्षत्रेमा छरिएर रहेका छन् । यो जाति पनि राउटे जातिजस्तै घुमन्ते जाति हो, तर हालका दिनमा भने गुहस्थीजीवन सुरु गरेको पाइन्छ । यो जात पनि नेपालका अल्पसंख्यक जनजातिकै सूचीमा पर्दछ । २०५८ सालको जनगणनाअनुसार यिनीहरूको जनसंख्या २३९९ रहेको छ । यिनीहरू धार्मिक सम्प्रदायका दुष्टिले हिन्दू वा बौद्ध जस्तो कुनै एक सम्प्रदायका अनुयायी हुन भनेर किटान गर्ने आधार खासै पाइदैन तापनि यिनीहरू भवानी, कालिका, कन्याकुमारी, भारी सेमाओ, सुनपाल, देउपाल, राजुवाली आदि देवीदेवता पुज्छन् । राजीहरूले दसैं, माभी, चैते अष्टमी जस्ता चार्डपर्वहरू मनाउ"छन् ।

४८. लेप्चा

लेप्चा जातिहरू तेहौं-चौधौं शताब्दीतिर पर्ूवबाट सिक्किम पसी त्यहीबाट हालको जलपाईगुडीदेखि उत्तर पसेका जाति हुन् भनिन्छ । लेप्चाहरू आफूलाई 'रोङ' पनि भन्दछन् । यिनीहरू पहाड र नदीका खोचहरूमा बसोबास गर्दछन् । भारतीय तथा अंग्रेजहरूले यिनीहरूलाई लिम्बुहरूले अपमान गरी लाप्चे भनेका हुन् पनि भनेका छन् । यिनीहरूको मूल बसोबास क्षेत्र कञ्चनजङ्घा हिमालको छेउछाउ हो, त्यहीबाट यिनीहरू पर्ूर्वी नेपालको इलाम, भारतको सिक्किम, दार्जिलिङ र कालिम्पोङतिर झरेका हुन् । नेपालका लेप्चाहरूलाई भारतमा लाप्चा भनिन्छ । २०५८ को जनगणना अनुसार यिनीहरूको संख्या ३६६० पुगेको छ । लेप्चाहरू किरा"त जातिभित्रैको जाति हुन तापनि उनीहरूभन्दा अलग्गै देखिन्छन् । पशुपालनमा यिनीहरूले गाई, सुंगुर, र कुखुरा पाल्छन् । चार्डपर्वहरू विहाबारीमा संुगुर र गोरु मारेर खान्थे तर नेपालको संविधानले वर्जित गरेका कारण नेपालका लेप्चाहरूले भने गाईगोरु मानेर खा"दैनन् । यो जातिमा पर्वतको पूजा प्रचलित छ । यस्तो पूजाको सबै भन्दा ज्वलन्त उदाहरणको रूपमा उनीहरूको पुज्ने कञ्जनजंघालाई लिन सकिन्छ ।

४९. लार्के

लार्के जातिको नामकरण स्थान विशेषका आधारमा भएको पाइन्छ । यिनीहरूको मूलथलो गोर्खा जिल्लाको उत्तरी भेकमा पर्ने लार्के भन्ने ठाउ" हो । लार्केका निवासी भएकाले यिनीहरू लार्के भनिए पनि यिनीहरूलाई स्थानीय भाषामा नुब्रिवास भन्ने गरिन्छ । यिनीहरूको भाषा र धर्म चीनको स्वशासित क्षेत्र तिब्बतसंग प्रभावित छ । यिनीहरूले बोल्ने भाषा भोटे हो भने यिनीहरूले मान्ने धर्म बुद्ध धर्म हो । लार्केहरू कसैकसैले आफूलाई गुरुङ पनि भन्न थालेका छन् तर, गुरुङहरू यिनीहरूका कुनै पनि आचार विचार, भाषा संस्कार मिल्दैनन् । शिक्षाका क्षेत्रमा यो जाति अत्यान्तै पछाडि छ । यो जातिले खास गरी जन्म, छेवर, विवाह र मृत्यु संसकार मनाउने गर्दछन् । यिनीहरू लासलाई लामाको साइत निकाले अनुसार जलाउन, गाड्ने या टुक्रा टुक्रा पारी गिद्द चिललाई खुवाउने गर्दछन् ।

५०. लिम्बु

नेपालको पल्लोकिरा"तदेखि पर्ूवमा सिक्कमसम्म फैलिएर रहेको र्राई जातिभित्रको अर्को किरा"ती जाति लिम्बु हो । यिनीहरूको बासस्थानलाई लिम्बुआन भनिन्छ । लिम्बुआनमा लिम्बुहरूको मात्र बसोबास छैन, करिबकरिब सबै जात बस्छन् । तापनि बोलिचालीको भाषामा परम्परादेखि नै लिम्बुआन भनिदै आएको छ । नेपालको पश्चिमी भुभागमा लिम्बुहरू बसेको पाइदैन । बाहुनलाई सम्मानसूचक शब्दमा पण्डितजी भनेझै लिम्बुहरूलाई सुब्बा भन्ने चलन छ । २०५८ सालको जनगणनामा नियीहरूको संख्या ३,५९,३३७ रहेको छ । र्राई र लिम्बुहरूको भाषामा अतिकति भिन्नता छ । लिमबुहरूको आङ्खनै लिपी छ । लिम्बु र र्राईहरूका घरहरू एकैप्रकारका हुन्छन् । ढुंगाको गारो खरको छानो घरहरू रातो या सेतो माटोले पोतिएका र घरका काठको बार्दली हालेका हुन्छन् । लिम्बु र र्राईहरूका घरहरू एकैप्रकारका हुन्छन् । ढुंगाको गारो, खरको छानो, घरहरू रातो या सेतो माटोले पोतिएका र घरका काठको बार्दली हालेका हुन्छन् । यिनीहरू अन्यन्तै परिश्रमी हुन्छन् । पशुपालनमा यिनीहरूले गाई, भैसी, भेडा, बाख्रा, कुखुरा सुंगुर आदि पाल्छन् । यिनीहरू छलकपटरहित मिजासी सिधासाधा र निडर हुन्छन् । त्यसैकारण सैन्य सेवामा लिम्बुहरूको उपस्थिति अन्यधिक मात्रामा छ ।

तुमयाक्मा, सेहले, आङदेम्बे, आङताहाङ, आङथुपुहाङ, फुरुम्बोन्कोगा, लिङदेन, चोङवाङ, चोवेगुहाङ, जवेगु, जवेगुहाङ, एकतिनहाङ, फाङहाङ, फेन्दुवा, फेम्बु, फम्बो, फागु, काम्बाङस्वाङ, साबु, भाङपुङ, पलुङ, पेगाहाङ, गिम्बाङ, पुङलाङ, सामहाङ, हिनाहेल्लोक, रुपिहाङ, तामादेन, तुम्बाहाम्फे, सतिहाङमा, रोबान्थामसुहाङ, थेवे, गोब्रा, थोलुङ, सिङथेवे, थुप्पोको, इङबादेक्पा, फुरुम्बो, योङया, आङछोङवो, मपाम, लिङखिम, मादेन, कुरुङमाङ, चेमजोङ, नेम्वाङ, लिङदेन, लावती आदि । यी थरभित्र पनि अनेक खलक हुन्छन् । लिम्बुहरू जातिको लोकप्रिय नाच 'च्याब्रुङ' हो । यो नाच बिहेको लगनमा, घरपैसोमा ढोलको तालमा खुट्टा हाल्लाउदै नाचिन्छ । त्यसैगरी धाननाच लिम्बुहरूको प्रमुख नाच्ने चाड हो । यस्तो चाडमा केटाकेटी जुहारी गाउने, नाच्ने आदि गर्छन् । यो जाति शिक्षाको क्षेत्रमा पछाडि छ तापनि शिक्षाको महत्त्व चाहिं बुझिसकेको जाति हो । लिम्बुहरूको एउटै खलकमा बिहावारी हु"दैन । विवाह गर्ने उमेर पुगेका केटाकेटीहरू आफै भेटघाट गरी रोजीकन प्रेमविवाह गर्छन् । मागी विवाह त अपवात जस्तै मात्र हुन्छ । लिम्बुहरूमा मागी विवाह, चोरी विवाह, जारी विवाह र प्रेम विवाह गरी चार प्रकारका विवाह प्रचलित छन् ।

हिन्दूहरूको र्सवमान्य ग्रन्थ वेद भएझैं यिनीहरूको र्सवमान्य ग्रन्थ मुन्धुम हो । जुन धार्मिक तान्त्रिक दुवैमा प्रयोग हुन्छ । लिम्बुहरूमा पितृपूजाको चलन अत्याधिक मात्रामा छ । त्यसका अतिरिक्त लिम्बुकी बुढीबज्यैका रूपमा ह्युमा हिमदाङमा माइलाई नदीको देवीका रूपमा नाम्फुन्योकलाई पर्वत देवताका रूपमा वनजंगलका देवताको रूपमा सिबुङमा, ढुंगाका देवताका रूपमा लुङुबुङवा र माटोका देवताका रूपमा खाङबुङवाको पूजा कात्तिक र चैतमा गरी वर्षा २ पल्ट गर्छन् । यिनका अतिरिक्त पाथीभरालाई हिमालयका देवताका रूपमा पूजा गर्दछन् । लिम्बुहरूमा पनि मासिन मरेमा वा मृत्यु शैयामा परेमा बन्दुक पड्काएर जनाउ दिइन्छ र त्यही सूचनाअनुसार मलामी जुट्छन् । शब उठाउ"दा पनि बन्दुक पड्काइन्छ । यिनीहरू मृतकलाई जलाउ"दैनन । चिहान खचेर गाड्छन् । मर्ुदा गाड्नाको लागि ठाउ" ठाउ"मा पर्ती जग्गा छुट्याइएको हुन्छ । फेदाङ्वा ले मुन्धुमको पाठ गरेपछि बल्ला मृत घोषित हुन्छ अनि शब खाल्डामा राखिन्छ र पुरिन्छ ।

५१. ल्होपा

यिनीहरूको प्रमुख बासस्थान मुस्ताङ जिल्लाको ल्होमान्थाङ गाउ विकास समिति हो । ल्होमान्थाङ उपल्लो कालीगण्डकी क्षेत्रमा पर्दछ । यिनीहरू त्यति बर्साई सर्राई गरिरहने जातिभित्र पर्दैनन् । त्यसैले अशिले पनि यिनीहरू त्यही" बसोबास गर्दछन् । बाहिर त्यति पाइएका छैनन् । यिनीहरू ल्होमान्थाङमा चीनको स्वाशासित क्षेत्र तिब्बततिरबाट आएका हुन् भन्ने भनाई छ । यिनीहरुको प्रमुख पेसा कृषि, पशुपालन हो, कृषिमा धान, गहु", जौं आलु, कोदो आदि उब्जाउ"छन् भने पशुपालनमा भेडा, चौरी, झोवा, घोडा, च्याङग्रा आदि पाल्दछन् । यी बाहेक यिनीहरू चीनको स्वाशासित क्षेत्र तिब्बतबाट सीमापार व्यापार पनि गर्दछन् । तिब्बततिर नै यिनीहरूको बढी सर्म्पर्क हुने हुनाले भाषा, धर्म, खानपान, भेषभूषा आदि सबै क्षोत्रमा तिब्बती प्रभाव परेको पाइन्छ । यिनीहरू बुर्द्धधर्म मान्दछन र तिब्बती भाषा नै बोल्दछन् । ल्होपा जाति शिक्षाका क्षेत्रमा अत्यन्तै पिछडिएको छ । यिनीहरूमा शिक्षित मानिसहरू पाइ"दै पाइदैनन् भन्दा पनि हुन्छ । यहा"सम्म की स्कुल जानर्ुपर्छ भन्ने सम्म पनि बुझिसकेका छैनन् ।

५२. ल्होमी -सिङसाबा)

नेपालका आदिवासीहरूमध्ये यो जाति पनि एक हो । यिनीहरूको मूल बसोबास स्थल भनेको संखुवासभा जिल्लाको माथिल्लो भू-भाग अर्थात् हटिया, चेपुवा र किमाथाङका जस्ता दर्ुगम र विकट गाविसहरू हुन् । यिनीहरूलाई कारभोटे, काठभोटे भन्ने गरिन्छ । तापनि स्थानीय भाषामा सिङसावा नै भनिन्छ । यिनीहरूको भाषामा 'सिङ' को अर्थ 'दाउरा' वा 'जंगल' र 'सा' को अर्थ 'जमिन' हुन्छ । यही सिङ ± साको समासबाट सिङसावा भनिएको हो । धेरै अघि तिब्बततर्फाट चौरी र च्याङ्ग्राको चरनको खोजीमा यिनीहरू नेपालको उत्तर भू-भागमा प्रवेश गरेको अनुमान गरिन्छ । सखुवासभा जिल्लाको हटिया, चेपुवा र किमाथाङका गाविसमा यिनीहरूको जम्मा २३३ घरहरू पाइएको छन् । यिनीहरूको मूल धर्म बौद्ध धर्म हो तापनि आजभोजि गरिबी र आर्थिक विपन्नताको फाइदा उठाउ"दै क्रिस्चियनहरूसमेत आङ्खनो पकड जमाउन सफल भएका छन् ।

यिनीहरूको आङ्खनै भाषा छ जसलाई भोटे भाषा भनिन्छ । यिनीहरूको मुख्य पेसा कृषि र पशुपालन हो तर कृषि पेसाबाट वर्षा पा"च ६ महिनाभन्दा बढी खान नपुग्ने हु"दा जाडोमा तर्राईतिर झरेर काम गरी अर्थोपार्जन गरी जिविका चलाउ"छन् । यिनीहरू जाडा ठाउ"मा बस्ने हु"दा उनीकै कपडा लगाउ"छन् । यो जातिले मनाउने चार्डपर्वमा बालिपूजा, आकाश रुङन पूजा -सेरिङ्गे) पानी रुङ्ने पूजा -छ्यूरिङे) फरोङ पूजा, छोज्यूम्वा पूजा, कुल बुझाउने पूजाका साथ साथै चार्डपर्वमा दसैं, तिहार चैतेदसैं, फागुपूणिर्मा, जयमान र लोसार आदि हुन् ।

५३. सतार

सतार जातिको मुख्य बसोबास भएको जिल्ला झापा, मोरङ र सुनसरी हुन । यी तीन जिल्लामध्ये झापामा यिनीहरूको जनसंख्या बढी छ । नेपालमा यिनीहरूको अगमन भने वि.सं. १९०२ को अघि या त्यसैको आसपासमा भएको अनुमान गरिएको छ । त्यस हिसाबबाट यो जाति नेपालको आदिवासी जाति नभई नवागन्तुक जाति हो । २०५८ सालको जनगणनामा यिनीहरूको संख्या ४२६९८ देखाएको छ । चार्डपर्वहरूमा फागुपूणिर्मा, दसैं, सोहर्राई, बाहा, एरोक, सिरुवा, बिसुवा, साकरात, यिनीहरूका मुख्य-मुख्य चार्डपर्व हुन् । यिनीहरूले बोल्नो भाषा अस्टि्रक परिवारको भाषा हो । जसलाई आंग्लो-एसियाली पनि भनिन्छ । सतार पुरुषहरूले पातलो कछाड, धोती र लङौटी अनि माथिपट्ट िगन्जी लगाउ"छन् । महिलाहरूले चाहिं सारी, ब्लाउज लगाउ"छन् । यिनीहरूको मुख्य पेशा कृषि र मजदुरी हो । परम्परागत रूपले हर्ेदा यो सिकारी जाति हो ।

५४. सियार -चुम्बा)

सियारजातिको मूलथलो गोरखा जिल्लाको उत्तरी भागमा पर्ने सियार खोलाको किनार हो । सियार खोलाको किनारमा बसोबास गर्ने जाति भएकाले यिनीहरू सियार भनिएका हुन् । यिनीहरू अन्यत्र बाट बसाइ" सर्राई गरी गएका हुन् तर यिनीहरूमा बसार्इ" सराइको रोगले त्यति सताएको पाइदैन् । यिनीहरू गोरखाबाहेक अलिकति मात्र पोखरा, तनहु" र धादिङ जिल्लामा पनि पाइन्छन् । सियारहरू बौद्ध धर्मावलम्बी हुन् । यिनीहरूमा बहुसंख्यक मानिसहरूले बोल्ने भाषा भोटे -तिब्बती) नै हो । सियार समुदाय शिक्षाको क्षेत्रमा अत्यन्तै पिछडिएको छ । यिनीहरूको मुख्य पेसा कृषि, पशुपालन र व्यापार हो ।

५५. सुनुवार

सुनुवारहरूको मूलथलो पर्ूवतर्राईको बारा जिल्लाअर्न्तर्गतको सिमरौनगढ भएको र त्यहींबाटै विस्तारै बिस्तारै पहाड, तर्राई र अन्यत्र फैलिदै गएको भन्ने भनाई सुनुवारहरूमा छ । वर्तमान समयमा सुनुवारहरूको अति धेरै बसोबास भएको क्षेत्र रामेछापको लिखु र खिम्ती खोला, ओखलढुंगा र दोलखा जिल्लाका केही भाग हो । ती क्षेत्रमा उहिलेदेखि नै सुनुवारको किपट रहेको बताइन्छ । सुनुवार, सुरेल र जिरेलहरूको हरेक सामाजिक कार्यमा समानता देखिन्छ । तर भाषाका क्षेत्रमा भने मगर भाषा बढी यिनीहरूले प्रयोग गरेको पाइन्छ । २०५८ को जनगणनाले यिनीहरूको जनसंख्या ९५,२५४ रहेको जनाएको छ । किपटप्रथा र्राई लिम्बु जातिमा प्रचलित रहेको र र्राई लिम्बु किरा"त जाति भएका कारण सुनुवारहरूले आफूहरूलाई किपट प्रथाबाट मुक्त गरी हिन्दू परम्परामा रहेर बाहुन पुरोहित राख्न पाउने अधिकार प्राप्त गर्नका लागि जमिनको किपटप्रथा त्यागी त्यस्ता किपटलाई रैकरमा दर्ता गराउने कार्यसमेत गरेका थिए । त्यसै बेलादेखि सुनवारहरूले लामा पुरोहित राख्न छाडी ब्रा हृ मण पुरोहित राख्न थालेका छन् । त्यसका लागि राजाबाट लालमोहरसमेत प्राप्त गरेका थिए ।

सुनुवारहरूको मुख्य पेसा खेती, पशुपालन र सैन्य सेवा हो । सैन्य सवामा यिनीहरू ब्रिटिस सेना, भारतीय सेना र शाही नेपाली सेनामा समेत कार्यरत छन् । विदेशी सेनामा काम गर्ने सुनुवारहरूको आर्थिक अवस्था अन्यको दा"जोमा निकै राम्रो छ । सुनुवार जातिमा युलिचा, राहचे, नोवालिचा, हलोछा, जिजिचा, चाडे, ब्राचे, दर्ुर्विचा, बामन, याता, कोगुचा, कातिचा, झैंती र दर्गचा यी चौधवटा थर भए तापनि बोलचालमा बाह्रवटा थर छन भनिन्छ । यिनीहरूले मनाउने मुख्यमुख्य चार्डपर्वमा दसैं, तिहार र कुलपूजा हुन् । कुलपुजा मनाउ"दा आङ्खनै जातिको पुरोहित 'नासो' द्वारा सम्पन्न गराउ"छन् । कुलपूजा वैशाख अथवा मंसिर पूणिर्मामा गर्ने गर्दछन् । यिनीहरूमा लोग्ने मानिसहरूले दौरा, सुरुवाल, पटुका, इष्टकोट, टोपी लगाउने चलन छ भने महिलाहरूले चोलो, फरिया, पटुका लगाउ"छन् । नाक, कान र घा"टीमा सुनका फुली, बुलाकी, मुन्द्र, माडवारी र तिलहरी आदि लगाउ"छन् । सुनुवार जातिले मृतकको लासलाई गाड्ने जलाउने दुवै गर्दछन् ।

५६. सुरेल

दोलखा जिल्लाको अति दर्ुगम तामाकोशी नदीको पर्ूर्वीकिनार सुरेल जातिको बसोबासको क्षेत्र हो । सुरेल जातिकै बसाबास भएको कारण उनीहरूको बस्तीको नाम सुरी गाउ"विकास समिति भएको छ । हर्ेदा यिनीहरू मंगोलियनजस्ता देखिन्छन् । एउटा किंवदन्तीअनुसार सुरेलहरू किरा"त हुन् र अहिले पनि उनीहरू किरा"तको धर्मग्रन्थ मुन्धुमलाई मान्दछन् । उनीहरूको एउटा हा"गा दोलखा जिल्लाको जिरी तिर आएर बस्न थालेका हुनाले जिरेल भनियो र सुरीमा आएर बस्नेहरू सुरेल भए भन्ने भनाई छ । यिनीहरू अल्पसंख्यक जनजातिमा पर्दछन् । २०० भन्दा बढीको जनसंख्या अहिलेसम्म प्राप्त भएको छैन् । यो जातिको प्रमुख पेसा कुषि हो तापनि आङ्खनो उब्जनीबाट वर्षरि खान पुग्दैन त्यसैले विभिन्न ठाउ"मा गएर मजदुरीबाट अर्थोपार्जन गरेर जीविकोपार्जन गर्छन् । यिनीहरूको बोल्ने भाषा सुरेल भाषा नै हो । यिनीहरू हिन्दू धर्म मान्दछन र हिन्दूहरूले मनाउने सबै चाडपवर्पहरू मनाउ"छन् । धामीझा"क्री प्रथाले यो जाितमा जरा गाडेको छ । सुरेल जातिमा मागी विवाह र चोरी विवाह दुवै प्रचलनमा छ । विवाह गर्दा आङ्खनै जातभित्र तर गोत्र फरक पारेर गर्ने गर्दछन् ।

५७. शर्ेपा

नेपालको पूर्वोत्तर सीमाक्षेत्रमा बसोबास गर्ने जाति सर्ेपा जाति हो । तिब्बती भाषामा - क्जभच-उब ) सर्ेपा शब्दको शाब्दिक अर्थ 'पर्ूर्वीय' हुन र यिनीहरूको आवादी पनि नेपालको उत्तरपूवी भूभागमा बढी मात्रामा पाइनुले यिनीहरूको पर्ूवका बासिन्दा भन्दा अत्युक्ति नहोला, बर्तमानमा पनि यिनीहरूको बसोबास ठूलो संख्यामा नेपालको पर्ूर्वी क्षेत्रमा नै रहेको छ । सोलुखुम्बु क्षेत्रका सर्ेपाहरू अन्दाजी ६०० वर्षपहिलेदेखि त्यहा" रहदै आएको अनुमान छ । यिनीहरू तिब्बतको खाम क्षेत्रबाट नेपाल आएको भन्ने अनुमान गरिन्छ यिनीहरु विश्वमै हिमाल चढ्ने जातिका रूपमा प्रख्यात छन् । यो जातिको मूलथलो कहा" हो र यिनीहरू नेपालमा कहा"बाट आएका हुन भन्ने विषयमा बेल्गाबेग्ै अवधारणाहरू पाइन्छन् । जर्ज ग्रियर्सनले यिनीहरूलाई पर्ूवका बासिन्दा भनेका छन् भने बालचन्द्र शर्माले भोटतिरबाट नेपालको उत्तरी भूभागमा झरेको जाति बताउ"छन् । यो जाति को जनसंख्या २०५८ अनुसार १,५४,६२२ पुगेको छ ।

यिनीहरू बौद्ध धर्मावलम्बी हुन् । यिनीहरू धर्ममा कट्टर हुन्छन् । धर्मकै आधारमा उनीहरूको सामाजिक व्यवस्था स्थिर छ । यिनीहरूलाई गोत्र पुजारीका रूपमा पनि जान्ने गरिन्छ । यिनीहरू गोत्रबाहिर विवाह गर्दैनन् । बौद्ध धर्मावलम्बी सर्ेपा जातिमा लामाको भूमिका प्रमुख रहन्छ । लामाको आदर गर्नु र उसको आज्ञा पालन गर्नु सर्ेपाहर्रूर् इश्वरको आज्ञापालन गरेसरह मान्दछन् । लामामा पनि औतारी लामालाई प्राथमिकता दिइन्छ । लामाको दर्शन जर्न जा"दा उनीहरू कहिलयै खाली हात जा"दैनन् । शर्ेपा जाति शिक्षाको क्षेत्रमा निकै पछि छ । यिनीहरू शिक्षाका क्षेत्रमा भन्दा पर्वतारोहण ट्रेकिङ, होटेल, रेष्टुरेन्ट व्यवसायमा बढी उन्मुख देखिन्छ ।

सर्ेपा जातिका चार्डपर्वहरू धार्मिक प्रकृतिका हुन्छन र ती सबै तिब्बती पञ्चाङ्गअनुसार सम्पन्न गरिन्छन् । सर्ेपाहरूले मनाउने चार्डपर्वहरूमा लोसार, मानिरिन्दु, दुम्जी, ओसो र ङउिन प्रमुख छन् । लोसार भनेको नववर्षम्भ हो र यो फागुनमा मनाइन्छ । मनिरिन्दु मंसिर महिनामा मनाइने चाड हो । यसलाई ५ दिनसम्म मनाइन्छ । डुम्जी पर्व जनताले मनाउने नैमित्तिक पर्व हो । यो पर्व जेठ असारतिर पा"चदिनसम्म मनाइन्छ । यो जातिमा अतिथि सत्कारको ठूलो महत्त्व छ । पाहुनाहरूलाई छ्याङ -जा"ड) र सुच्या -नुनिले चिया) ले सत्कार गर्छन् । थुचे -धन्यवाद) शब्द यो जातिमा ब्यापकरूपमा प्रयोग भएको पाइन्छ । पाहुनाहरूको स्वागत गर्नुपर्दा खादा -एक प्रकारका विशेष कपडाको गलबन्दी वा रुमाल) ओडाएर गर्ने चलन छ । यस जातिले विदेशी पाहुनाहरूलाई अतिथि सत्कारबाट ज्यादै प्रभावित पारेका छन् । विदेशी पाहुनाहरू यिनीहरूका समाजमा पेइङ गेस्ट -सशुल्क अतिथि) का रूपमा बस्दै आएको पनि पाइन्छ ।

सर्ेपा जातिमा १५ किसिमका थरहरू छन् भनिन्छ र तर ज्बimभलमभचा ले भने १८ प्रकारका थर भएको बताएका छन् । यिनीहरूका थरमध्ये लामा,च्यवा,गोपर्मा, टाक्तोक, गोले पालदोर्जे, पाङकर्मा, पिनासा, सालका, खाम्वचे आदि हुन् । सर्ेपा जातिको मुख्य पेसा पर्यटन, व्यापार, पशुपालन र कृषि हो । पर्यटनका क्षेत्रमा आजको युगमा सर्ेपा र पर्यटन पर्यायवाची शब्द जत्तिकै छ भन्दा पनि अर्घर्ेेे नहोला, किनभने पर्वतारोहणको विश्वइतिहासमा यस जातिको ठूलो कर्ीर्तिमान छ । त्यसैगरी देशको अन्य आन्तरिक पर्यटन होस वा बाह्य देशको पर्यटन होस यस जातिले आङ्खनो वर्चस्व कायम गरेको छ । व्यापारका क्षेत्रमा पनि चीनको स्वाशासित क्षेत्र तिब्बतसंग नेपालको व्यापारलाई अघि बढाउनमा यस जातिले योगदान कम छैन । त्यसैगरी आन्तरिक ब्यापारमा पनि यस जातिले उल्लेखनीय भूमिका निर्वाह गरेको पाइनछ । यिनीहरूले याक, चौरी, भेडा, च्याङ्रा आदि पालेका हुन्छन् । तिनीहरूबाट दुधजन्य पदार्थका साथै मासु, उन आदिको उत्पादन गर्छन् भने पशुबाट ढुवानी आदि काममा मद्दत पनि लिने गर्दछन् । कृषिका क्षेत्रमा भने हिमाली भेकका बासिन्दा हुनाले यिनीहरूले ठाउ"अनुसारको स्याउ, सुन्तला, नासपाती जस्ता फलफूल खेती र त्यसबाहेक कोदो, गहु", जौं, उवा", फापर आलु, सिमी, बोडी आदि उब्जाएकै हुन्छन् ।

यिनीहरू तिब्बती मूलका भएका कारण यिनीहरूको कद होचो, हृष्टपुष्ट शरीर, कालो कपाल, चिम्सा आ"खा, च्याप्टो नाक, डल्लो चिउ"डो, गोरो छाला, दाह्रीगु"गाको कमी, यही हो सर्ेपा जातिको शारीरिक परिचय । सर्ेपाहरूका घर ढुंगाबाट बनेका , ढुंगा वा काठको ताना भएका २ तले हुन्छन् । माथि मासिन बस्ने र तल गाईबस्तु घा"सपात राख्ने गर्छन् । तल्लो तलामा मानिसहरू बस्दैनन् । माथिल्लो तलामा मात्र मानिसहरू बस्दछन् । यिनीहरू आफूस"गै पाहुनाहरूलाई पनि माथिल्लो तलामै सुताउ"छन् ।

हिन्दू नारीमा विवाहको चिह्न सिन्दुर, पोते, चुरा तिलहरी भएझैं शर्ेपा नारीको चिह्न 'मटेल' र 'ग्याप्टुल' हो । मटेल बाक्लो धर्सर्ेेुट्टा भएको कपडा हो , जुन कपडा विवाहित सर्ेर्पिनीहरूले कम्मरमुनि अगाडिपट्टी बा"ध्छन् । 'ग्याप्टुल' पनि भटेल जस्तै कपडा हो, जुन कम्मरमुनि पछाडिपट्ट िबा"धेका हुन्छन् । सर्ेपा नारीहरूले निधारमा रातो टीका लगाएको भने पाइदैन । सर्ेपाहरू बौद्धमागी भएकाले मारकाट रुचाउ"दैनन् । अरुले काटेको वा मारेको याक -चौरी), खसी, कुखुरा, सु"गुर आदिका मासु खान्छन् । विवाह मुख्य गरेर मागी विवाह नै गर्ने चलन छ तापनि चोरी, जारी र प्रेमविवाह पनि गरेको पाइन्छ । दाजुको मृत्युपछि भाउजुलाई अविवाहित देवरले मनपरेमा स्याहार्ने चलन व्यापक छ ।

५८. स्याङतन

यो जाति मुस्ताङ जिल्ला मार्फगाविस वडा नं. ५, ६, ७ र ८ को स्याङ गाउ"मा बस्ने भएकाले स्याङतन भनिएको हो । यिनीहरूले आफूलाई थकाली नै भन्ने गर्छन् । तर, तीन गाउ"लेहरूले यिनीहरूलाई थकाली मान्न तयार छैनन् । यिनीहरू अहिले जोमसोम, पोखरा, काठमाडौं, बुटवलतिर पनि पाइन्छन् । यिनीहरू मङ्गोल नस्लका जाति हन् । यो जातिको कुल जनसंख्या ७०० जति भएको बुझिएको छ ।

यिनीहरूमा पुरुषले बख्खु, दोजा, ओभरकोट, -तिब्बतियन ढा"चाका -पाकन र महिलाहरूले न्होकोन, फुटुम, टाङचर जामा पटुका लगाउ"छन् । स्याङतनहरूले बोल्ने भाषा भोट, बर्मेली, सामूहभित्रको भाषा हो । यिनीहरू बौद्धधर्मावलम्बी हुन्, गुम्बामा पूजा गर्दछन्, लामा पुरोहित राख्दछन् । यिीहरूले मुख्य रूपले 'तेरेन ल्ह' र 'फाल्ह' गरी दर्ुइ प्रकारका चार्डपर्वहरू मनाउ"छन् । यिनीहरूको मुख्य पेसा कृषि, पशुपालन र मजदुरी हो । यो जाति शिक्षामा धेरै पछि छ ।

५९. वालुङ

यो जातिको नामाकरण पनि स्थान विशेषकै आधारमा भएको छ । यिनीहरू ताप्लेजुङ जिल्लाको तामोर नदीको सिरानमा पर्ने ओलाङचुङगोलामा बस्ने भएकाले बालुङ भनिएका हुन् । ओलाङचुङगोलालाई स्थानीय भाषामा बालुङ भनिन्छ । ओलाङचेकगोला, याङगमा, घुन्सा, लुङ्गथुङ्ग र लेलेप गरी ५ प्रमुख स्थानका बासिन्दालाई नै वालुङ भनिन्छ । यिनीहरूको भेषभूषा, भाषा र धर्म उत्तरमा रहेको चीनको स्वाशासित क्षेत्र तिब्बतस"ग मिल्दछ । वालुङ क्षेत्रमा एउटा ठूलो बौद्ध गुम्बा छ । त्यसैले यिनीहरू बौद्ध मार्गी नै हुन् । यो जाति अल्पसंख्यक जाति हो । यिनीहरू ओलाङचुङगोलाका ५ गा"उमा मात्र पाइने हु"दा यिीहरूको जनसंख्या अन्यन्तै न्यून छ । यिनीहरू पनि तिब्बतस"ग व्यापार गरेर जीवनयापन गर्दछन् । अलिअलि खेती पनि गर्दछन् । पशुपालनमा चौरी, झोवा, याक, भेडा आदि पाल्दछन् । शिक्षाका क्षेत्रमा यिनीहरू अन्यन्तै पछाडि छन् । यिनीहरू जन्म, छेवर, विवाह, र मृत्यु संस्कार मुख्य रूपले मनाउ"छन् । यिनीहरू मुतकलाई जलाउने, गाड्ने दुवै गर्दछन् ।

६०. हाय ु

हायुहरू नेपालका अल्पसंख्यक जातिमध्ये एक हुन् । यिनीहरूले आफूहरू नेपालमा १८०० वर्षन्दा अघि श्रीलंकाबाट आएको बताउ"छन् । तर त्यसको कुनै पनि प्रमाणिक इतिहास भने पाइ"दैन । यतिचाहिं सत्य हो कि यिनीहरू पहिले फिरन्ता जाति थिए । एकै ठाउ"मा स्थायी रूपमा बस्दैनथे । सिकार खोज्न जंगल जंगलमा घुम्दथे । हायुहरूको बर्तमान बसोबास स्थल भनेको नेपालको मध्यपहाडी जिल्ला रामेछाप र सिन्धुली हो । अहिलेसम्म त्यहा" लगभग १ सयको हाराहारीमा उनीहरूका घरधुरी छन् । २०५८ को जनगणनामा हायुहरूको जनसंख्या १,८२१ रहेको पाइएको छ । हायूहरूको आङ्खनै भाषा छ तर लिपि भने छैन । यिनीहरूको भाषा लिम्बुहरूसंग झन्डैझन्डै मिल्ने हु"दा यिनीहरू पनि लिम्बुहरूकै सन्तान हुन कि जस्तो लाग्दछ ।

हायुहरूको आङ्खनै पैतृक सम्पत्ति जग्गा जमिन नभएको हु"दा अर्काको मजदुरी गरेर जीविकोपार्जन गर्छन् । यिनीहरूले हिन्दू संस्कृतिलाई अपनाउदै आएका छन् । र्राईसंग नजिक रहेको जस्तो यिनीहरूको परम्परा देखिए पनि र्राईहरूले मनाउने चण्डीपूजा चाहिं यिनीहरू मनाउ"दैनन् । यो जातिमा मानिस मर्दा गाड्ने र जलाउने दुवै परम्परा छ तर प्रायःजसो गाड्ने नै गर्दछन् ।

६१. ह्योल्मो -योल्मो )

यो जातीको मूल थलो सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्र हो । त्यही हेलम्बुबाटै योल्मो, ह्योल्मो भनिन थालिएको हो र त्यहीबाटै यिनीहरू कालान्तरमा नेपाल अधिराज्यका अन्य जिल्लामा गई बसोबास गर्न थालेका हुन । इलाम, दोलाखा, नुवाकोट, रसुवा, गोरखा, चितवन जताततैका योल्मोहरूले आज पनि आफुलाई हेलम्बुबाटै बर्साई सरी आएको बताउने गर्दछन् । यिनीहरूलाई कतै हेल्मु, कतै एल्मु, कतै योल्मो त कतै याल्मो भन्ने गरीन्छ । तिब्बती भाषामा 'हे' भनेको 'आलु' र 'लभु' भनेको मुला हुन्छ । हेलम्बुमा आलु र मुला प्रशस्त उब्जनी हुने हु"दा हेलभु भन्न थालिने र त्यसैको अपभ्रंश हु"दै हेलम्बु भयो भनेर ग्राह्म क्लार्कले भनेका छन् । यिनीहरू भोटको सीमा नजिक बस्ने हु"दा यिनीहरूको भाषामा भोटे भाषाको सम्मिश्रण पाइन्छ । यल्मोहरू बौद्ध धर्मावलम्बी हुन् । यिनीहरूका हरेक गाउ"मा गुम्बा हुन्छन् । २०५८ को जनगणनामा योल्मो जातिको जनसंख्या ५७९ रहेको छ । यिनीहरूको प्रमुख पेसा कृषि र पशुपालन हो । यिनीहरू मंगोलिन मूलका भएकाले मोटाघाटा, बलिया होचोकद, थेप्चो नाक, उठेको निधार, गोलो अनुहार र साना आ"खा भएका हुन्छन् । यिनीहरूका जातिका पुरुषहरूले कम्मरमुनि बख्खु कम्मरमाथि ख्यान्जा र तोङ लगाउ"छन् भने महिलाहरूले कम्मरमुनि बख्खु र कम्मरमाथि हन्जु लगाउ"छन् । यो जातिमा लोसार चाडलाई निकै उमंगका साथ मनाउने चलन छ । यो नै यिनीहरूको प्रमुख चाड हो । लोसार भनेको नया" वर्षहो । यसबाहेक क्षीजु पर्व -दशमी पर्वं) न्युङनेपूजा छोगपूजा, न्हारापर्व, मनिवुमपूजा आदि पनि बडो उल्लासका साथ मनाउने गर्छन् ।

 
 

 

 

Advertisements:
 
 
?????????? ???????????? ??? ????? ???????? ? ?
???????????? ??? ???? ???????? ??????????? ????? ????? ????? ????????? ??? ?????????????? ?????? ??????? ? ???? ????? ?????? ???? ??? ??????????? ??????? ????? ?????? ??????? ?
Email: info@adibasinepal.com | Inquiry